सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

    साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार २८.९२ अंकले घटेर १९३२ को विन्दुमा कायम हुन पुगेको हो ।

    बिहीबार सेयर बजारमा १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा राताम्मै भएको छ ।

    सेयर बजारमा गिरावट आउँदा बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशतले घटेको छ । त्यसैगरी, सिटिजन म्युचुअल फण्डको ९.३६ प्रतिशत, अपर सोलु हाइड्रोको ९.१प्रतिशत, न्यादी हाइड्रोपावरको ८.८८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *