ढाड दुख्ने कारण यी हुन् : कसरी बच्ने ?

    ढाड दुख्ने कारण यी हुन्  : कसरी बच्ने ?

    धेरैलाई ढाड दुख्ने समस्याले सताउने गर्छ । अझै पुरुषको तुलनामा यो समस्या महिलामा धेरै हुन्छ । अस्तव्यस्त जीवनशैली, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि आजभोल यो समस्या बढ्दै गइरहेको छ । योसँगै ढाड दुख्ने कारणहरु के के हुन् ? र, यो समस्याबाट कसरी बच्ने भन्ने विषयमा फिजियोथेरापिस्ट डा. बिरासन राजभण्डारीको सुझाव यस्तो छ :

    कारण
    – सही तरिकाले नबस्नु वा बसाई नमिल्नु
    – लामो समय टेडो गरेर बस्नु
    – ढाडको हड्डी र मांसपेशीमा समस्या आउनु
    – एक्कासी गह्रौ कुरा उचाल्नु
    – ढाडको हड्डी खिइनु
    – मेरुदण्डमा चोटपटक लाग्नु
    – हड्डीमा क्याल्सियमको कमी हुनु
    – मिर्गाैलामा पत्थरी हुनु
    – महिलामा रजस्वला हँुदा पनि ढाड दुख्न सक्छ
    – नशा च्यापिनु

    बच्ने उपाय
    – पोजिसन मिलाएर बस्ने
    – लामो समय एकै स्थानमा बसेर काम नगर्ने
    – क्यालसियमयुक्त सन्तुलित खाना खाने
    – नियमित व्यायाम गर्ने
    – सुत्दा शरीर र सिरानीको आसन मिलाएर सुत्ने
    – भुइँमा खसेको सामान समात्न परे निहुँरिएर भन्दा आरामले बसेर समात्ने

    उपचार
    – के कारणले ढाड दुखेको हो त्यो कुरा पत्ता लगाएर त्यही अनुसार उपचार गर्ने ।
    – फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।
    – फिडिजियोथेरापीस्टको सल्लाह अनुसार व्यायाम गर्ने ।
    – संक्रमण, ट्युमर र क्यान्सरको कारणले ढाड दुखेको हो भने सम्बन्धित डाक्टरको सल्लाहअनुसार उपचार गर्ने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *