३ वर्षको उमेरसम्म बालबालिकाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्छ । उनीहरूले खाने हरेक खानाको ७५ प्रतिशत भाग मस्तिष्क निर्माणमा उपयोग हुन्छ । १५ मिनेट शिशुसँग खेल्नाले मस्तिष्कको हजारौँ कोषिकाहरूलाई चलायमान बनाउन सकिन्छ।
आफ्ना छोराछोरीको भविष्य निर्माणमा बुबाहरूको प्रभाव धेरै हुन्छ, बिशेषत बालबालिकाको स्वास्थ्यमा, शिक्षामा र वयस्क अवस्थाको समग्र व्यक्तित्त्वमा बुबाको भुमिका महत्वपुर्ण हुन्छ ।
शिशुको मस्तिष्क विकासमा बुबाको हरेक अंकमाल, चुम्बन र हाँसोको उल्लेखनिय भूमिका रहने गर्दछ।
हाम्रा बालबालिकालाई दिने माया, खेलाउने समय र सन्तुलित आहार हाम्रै हातमा छ । आफ्नो ‘सुपर ड्याड पावर’ को प्रयोग गरी आफ्नो शिशुको मस्तिष्क निर्माणमा अग्रसर हुनुपर्छ ।