आगोले पोल्यो ? यसरी गर्न सकिन्छ तुरुन्त घरेलु प्राथमिक उपचार

आगोले पोल्यो ? यसरी गर्न सकिन्छ तुरुन्त घरेलु प्राथमिक उपचार

दुर्घटनाको कुनै समय हुँदैन । कुनै पनि समयमा साना ठुला दुर्घटनाको सिकार हुन्छौं जसले हाम्रो शरीरमा गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ । त्यसैले, हरेक समय सचेत भएर त्यस्ता दुर्घटनाबाट हुने स्वास्थ्य संकटको समाधानका लागी घरेलु तथा प्राथमिक उपचारबारे थाहा हुनु जरुरी छ।

घर, कार्यालय, विद्यालयदेखि मोटरसाइकल, कार, ट्याक्सी, बस जहाँ पनि प्राथमिक उपचारका सामाग्री राख्नुपर्छ। हामीमध्ये अधिकांस चोट लागिहाले अस्पताल वा मेडिकल हल खोज्नतिर लाग्छौं, तर कुनै चोट यस्ता हुन्छन् जसलाई जतिसक्दो चाँडै उपचार गरिहाल्नुपर्छ। दैनिक क्रियाकलाप गर्दा होस् वा अन्य कुनै काम गर्दा हामीलाई आगोले पोल्ने गर्छ। तर हामीमध्ये कतिपयलाई आगोले पोलिहालेमा के गर्ने भनने ज्ञान नहुन सक्छ। आगोले पोलेमा तत्काल घरेलु प्राथमिक उपचार गरिहाल्नुपर्छ।

कसरी गर्ने त पोलेको ठाँउमा घरेलु प्राथमिक उपचार ?
वरको हरियो मुण्टा, कोपिला वा पातलाई पोलेर त्यसको खरानीमा गाईको दुधको तर वा नरिवलको तेल मिसाई पोलेको घाउमा दिनमा ३ देखि ४ पटक लगाउनेले घाउ सञ्चो हुन्छ।

तुरुन्त शरीरबाट लुगा र गहनाहरु फुकाल्ने र पोलेको ठाँउमा कम्तिमा १५ देखि २० मिनेटसम्म धाराको चिसो पानी खन्याउने।

घीउकुमारीको रस निकालेर लगाउनाले आगोले पोलेको घाउ निको हुनुका साथै आराम मिल्छ। काँचो आलु कुटेर लेप बनाई लगाउँदा पोलेको सन्चो भई फोका उठ्न दिदैन।

नजिकै साबुन छ भने साबुनलाई गोलभेंडाको रसमा मिसाएर मलम बनाई लगाउनाले पोलेको सन्चो भई फोका उठ्न दिदैन। गाँउ घरमा पाइने बयर पोलेर त्यसको खरानी तेलमा मिलाएर लगाए पनि पोलेको घाउ ठिक हुन्छ।

बेकिङ सोडा स्बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ।

त्यसकारण शरीरको कुनै पनि ठाँउमा बेकिङ सोडापानीले सफा गर्नु राम्रो हुुन्छ। दहीलाई पोलेको ठाँउमा लगाएमा पनि यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ ।

मह एक प्रकारको प्राकृतिक औषधि हो। यसले पोलेको ठाँउमा दुखाई कम गर्न मद्दत गर्छ।

माथीको घरेलु उपचार मध्ये केही उपाय अपनाइसकेपछि सफा र सुक्खा कपडाले पोलेको भाग ढाकेर राख्नुपर्दछ। यदि शरीरको धेरै भाग पोलेको छ र छालाई धेरैनै असर गरेको छ चने तुरुन्त नजिकको अस्पताल गई उपचार गर्नुपर्छ।