अनौठो आलु जसले बढाउँछ मानिसको आयु

    अनौठो आलु जसले बढाउँछ मानिसको आयु

    हामीले तरकारीमा अति आवश्यक मानिने सेतो र सातो आलु खाई नै रहेका हुन्छौँ । तर आलुका फाइदाहरुको बारेमा हामी कमैलाई मात्र त्यसको जानकारी होला । आलुले हामीलाई स्वास्थ्य रहन समेत मद्दत गर्दछ । तर संसारमा यस्ता पनि आलु छन, जस्ले मानिसलाई आयु पनि बढाउने गर्दछ । केहि समय अगाडि वैज्ञानिकरुले त्यस्तो आलुको उत्पादन गरेका थिए, जसले मानिसलाई लामो आयु दिन्छ । केहि वर्षको परिक्षणबाट वैज्ञानिकहरुले उक्त आलु उत्पालन गर्न सफल भएका थिए ।

    बैजनीरंगको उक्त आलुलाई वैज्ञानिहरुले टेस्ट ट्युवमा तयार गरे पछि माटोमा रोपीएको थियो । सामान्य तया अन्य आलु भन्दा केहि फरक देखिने उक्त आलुमा भिटामीन सीको मात्र ३ गुण धेरै हुन्छ भने अक्सिकरण निरोधक तत्वहरु ४ गुण बढि हुने बताईएको छ ।

    करिव २० प्रजाति तयार भएको सो आलु अन्य आलु जस्तै स्वादिष्ट हुने बैज्ञानिकहरुको भनाई छ । सो आलुमा अक्सिकरण निरोधक तत्व भएकोले मानिसलाई बुढोपन हुन हटाउछ । अक्सिकरणले मानिसलाई छिटो बुढो बनाउँदछ ।v