एपेन्डिसाइटिस के हो ? किन हुन्छ र कस्ता लक्षणहरु देखिन्छन ?

    एपेन्डिसाइटिस के हो ? किन हुन्छ र कस्ता लक्षणहरु देखिन्छन ?

    पहिले पहिले एपेन्डिसाइटिस रोगको बारेमा मानिसहरुलाई थाहा नभएका कारण यसलाई धामीले तिर हानेको वा बोक्सी लागेको पनि भनिन्थ्यो । यो रोग लाग्दा मानिसको पेटमा अकास्मात र एकदमै धेरै दुखाइको अनुभव हुन्छ । पिडा यतिसम्म बढ्छ कि मानिस बेहोस हुदै मृत्युसम्म हुन सक्छ । तर, विज्ञानमा भएको विकाशले यो रोगलाई सामान्य अरु रोग जस्तै निको हुने रोग बनाएको छ ।

    वास्तवमा एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।

    एपेन्डिसाइटिस हुनुको कारण के हो ?

    शरीरको ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्याधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।

    एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठुलो हुँदै आफ्नो आकारमा वृद्धि भएर रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ ।

    यदी पेरिटोनियम पनि फुटेमा आन्द्रा भित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिले कही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ । यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ । यसले पीपलाई अनेत्र सर्नबाट रोक्छ । अस्तो भएमा तुरुन्त शल्यकृया गर्न पर्दैन । तर चिकित्सकको प्रत्यक्ष निग्रानीमा रहनुपर्छ । अनि बिस्तारै संक्रमण निर्मुल भएपछि शल्यक्रिया गर्नुपर्छ ।

    कसरी थाहा पाउने ?

    १. पेटको दुखाई

    २. हल्का ज्वरो

    ३. वान्ता आउने

    ४. खान मन नलाग्नु

    ५.कब्जियत

    ६. पखाला

    पेटको दुखाई :

    पेटको दुखाई एपेन्डिक्सको प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा बेलाबेलामा दुख्छ भने एपेन्डिक्स हुने भय हुन्छ । यस्तो दुखाई पेटमा रहेको एपेन्डिक्सको कारण बढी हुने गर्छ । जुन नाइटोको बीचबाट सुरु भई पेटको दाहिने तर्फको तल्लो भागसम्म पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ । एपेन्डिक्सको दुखाई खोक्दा तथा हिँड्दा अझ बढ्ने गर्छ ।

    खानामा अरुची :

    भोक नलाग्नु वा खान मन नलाग्नु पनि एपेन्डिक्सको प्रमुख लक्षण मध्यको एक हो। कयौ अवस्थामा खान मन नलाग्नुका साथै वाकवाकी लाग्ने गर्छ । यसका साथै तपाईलाई कब्जियतको समस्या पनि हुने गर्छ । यदी तपाईमा पनि यस्ता लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकका जानु उचित हुन्छ ।

    ज्वरो आउनु

    एपेन्डिक्सको समस्या भएमा विरामीलाई हल्का ज्वरो आउने गर्छ । ज्वरो सय डिग्री देखि १०३ डिग्रीको आसपास रहने गर्छ । जन हप्किन्स मेडिसिनका अनुसार एपेन्डिक्स भएको ४२ घण्टा देखि ७२ घण्टा भित्रमा फुट्न सक्छ ।

    त्यसैले त्यो भन्दा अगाडी नै चिकित्सकका पुग्नु जरुरी छ । यदी तपाईलाई ज्वरोको साथमा कामज्वरो पनि आएको छ भने, त्यो एपेन्डिक्स फुटेको संकेत हुनसक्छ। त्यसैले, यदि तपाईलाई पनि एपेन्डिक्स भएको शंका लागेको छ भने तुरुन्तै चिकित्सकका जानु पर्छ ।

    सामान्य पेट दुखाई र एपेन्डिक्स बीचको फरक

    सामान्य पेट दुखाई र एपेन्डिक्सको बीच धेरै भिन्नता छ । यदी तपाईलाई केही समयको अन्तरालमा पेट दुख्ने समस्या छ र समयसँगै त्यो कम हुदै गएको छ भने बुझ्नुहोस् ।, त्यो सामान्य पेट दुखाई हो ।

    सामान्य पेट दुख्दा वा ग्याष्ट्रिकको समस्या हुदाँ पूरै पटमा समस्या हुन्छ । जबकी एपेन्डिक्स भएमा दुखाई निश्चित हुन्छ । त्यस्तो दुखाई नाइटो वरिपरि सुरु भई बढ्दै जान्छ । त्यसबाहेक, यदी तपाईलाई १२ घण्टा भन्दा बढी वाता तथा पखाला छ र सहनै नसक्ने पेट दुखेको छ भने पनि तपाईलाई एपेन्डिक्स भएको हुनसक्छ । जहाँ एपेन्डिक्स छ । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसितको सल्लाह लिनुपर्छ ।दैनिक नेपाली खबर ।

    एपेन्डिसाइटिसका प्रकार

    १. एक्युट एपेन्डिसाइटिस

    यस्तो एपेन्डिसाइटिस तीव्र गतिमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनि हुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको अवश्यकता हुन्छ ।

    एपेन्डिक्समा जीवाणु संक्रमण, दिसा या कुनै अन्य प्रकारको रोकावटका कारण यसले शरीरलाई नै जोखिमपूर्ण बनाउँछ । जब एपेन्डिक्समा तीव्र गतिमा ब्याक्टेरिया उत्पन्न हुन्छ, यसको दुखाइ पनि त्यही गतिमा बढेर जान्छ । यस्तो एपेन्डिसाइटिस मृत्युको कारणसमेत बन्न सक्छ ।

    २. क्रोनिक एपेन्डिसाइटिस

    यसको दुखाइ लामो समयसम्म हुन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । आन्तरिक दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।

    एपेन्डिसाइटिसको लक्षण कस्तो हुन्छ ?

    एपेन्डिसाइटिस देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ ।

    त्यस्तै प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ । यो एकदमै जोखिम पुर्ण मानिन्छ । यद्यपि, एपेन्डिसाइटिसका लक्षणहरु यस प्रकारका हुन्छन् ।

    १. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।

    २. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।

    ३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।

    ४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।

    ५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।

    स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ । अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् । विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो ज्यान्सकी आदि ।

    उपचार नगरी उपाय छैन

    शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को उपचारको विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने पेटमा रहेको आमाशयको सानो र ठुलो आन्द्रालगायतलाई ढाकेर राख्ने पेरिटोनियम तन्तुको एक तहलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरी फैलिएर बिरामीको मृत्यु हुन पनि सक्छ ।

    पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ । भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । तर, करिव १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले आन्द्रामा दिसा वा ग्याँस भरिंदा शुरूको अवस्था फेला नपर्न सक्छ ।

    यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि सेवन गर्नु हुँदैन । एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्छ । एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) उपचार गरी केही दिनको आरामपछि निको हुन्छ ।

    छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ । त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ । त्यस्तो बेला निको हुन समय लाग्ने भएकाले फुट्ने खतरा हुन्छ । एपेन्डिक्स फुटेमा उपचारमा झन् जटिलता थपिन्छ ।

    हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै :

    पेट सफा गर्ने सजिलो घरेलु उपचार ! काम लाग्न सक्छ ।

    दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने । बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन ।

    यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको पछाडि यस्तै कारण लुकेका हुन्छन् । त्यसैले मल त्याग गरिसकेपछि पेट सफा हुनु जरुरी छ ।

    विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ ।

    सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाना खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन । खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

    कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन । चिकित्सकका अनुसार, यदी कब्जियतको कारण बिहान राम्रो सँग पेट सफा नहुँदा रातिमा केहि सामान्य घरेलू उपचार अपनाई हरेक बिहान ताजा महसूस गर्नुहोस् । कब्जियतको समस्या बाट मुक्ति पाउन के गर्न हुने र राती के गर्न नहुने यस्ता छन्, उपायहरू जानिराखौँ ।

    के गर्न हुने

    -माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस् ।

    -सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस् ।

    -थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस् ।

    -दुधमा २/३ नेभरा उमाल्नुहोस् । राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस् ।

    -सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मच एलोभेरा जेल घोलेर पिउनुहोस् ।

    -खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस् ।

    -माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस् ।

    -सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस् ।

    -थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस् ।

    -दुधमा २/३ नेभरा उमाल्नुहोस् । राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस् ।

    -सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मच एलोभेरा जेल घोलेर पिउनुहोस् ।

    -खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस् ।

    के गर्न नहुने

    -खानामा धेरै मैदा र जंक वा प्रोसेस्ड फूड खानु हुँदैन । यसमा फाइबर हुँदैन जसले कब्जियतको समस्या हुन सक्छ ।

    -धेरै राती सम्म धुम्रपान र मध्यपानको सेवनले शरीरमा पानीको कमी भई कब्जियत हुन सक्छ ।

    -राती ढिलो चिया वा कफीको सेवनले पाचन प्रक्रिया खराब हुन् सक्छ । जसले गर्दा कब्जियतको समस्या देखा पर्छ ।

    -आइरन र क्याल्शियम सप्लीमेन्ट्स राती लिनु हुँदैन । यसको कारणले कब्जियतको समस्या हुन सक्छ ।

    -धेरै मात्रामा डेरी प्रोडक्ट लिनु हुँदैन । यसको सेवनले धेरै मानिसलाई कब्जियत र पेटमा ग्याँस बन्ने समस्या हुने गर्छ ।

    -कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन ।

    कब्जियत (constipation) भनेको के हो ?

    दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ३-४ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुनेलाई पनि कब्जियत हुन सक्छ । त्यसकारण Constipation को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ ।

    गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।

    कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

    त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो ।

    # कब्जियत हुँदाका लक्षण

    १. दैनिक विहान दिसा खलाश हुने गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु ।

    २. भोक नलाग्नु ।

    ३. पेट भारी हुनु, पेट फुल्नु ।

    ४. ग्यासको समस्या हुनु ।

    ५. दिशा खलास नहुनु, दिशा कडा र सुख्खा हुनु ।

    ६. आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु ।

    ७. टाउको दुख्नु, वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु ।

    # उचित विहार

    विहारको गडबडीले पनि कब्जियत हुन्छ । विहार भन्नाले हामीले शरिर हल्लाएर गर्ने सबै गतिविधि हुन् । त्यसैले विहार जहिले पनि उचित हुनुपर्छ ।

    १.उठ्दा, बस्दा, उभिँदा, हिँड्दा, जुनसुकै काम गर्दा जहिले पनि ढाड खुकुलो सिधा राख्नुपर्छ । जसले सबैतिर रगत संचालन सुचारु हुन सहयोग पुग्छ । विहार अनुचित गरेमा ढाड दुख्ने, नशा च्यापिने जस्ता समस्या आउनुकासाथै पाचन कृयामा गडबडी भई कब्जियत हुन्छ ।

    २. खाना छिटो छिटो खाने बानीले पनि कब्जियत हुन्छ । खाना छिटोछिटो खानाले खाना ¥यालसंग मुछिन पाउँदैन र पाचन कृया ढिला हुन्छ । फलस्वरुप खाना भित्रै अड्किन्छ ।

    ३. त्यसैगरी एउटा खाना र अर्को खाना खाने समयको अन्तर करिब ४ देखि ५ घण्टा हुनुपर्छ । वीचमा घण्टा घण्टामा पानी मात्र लिनुपर्छ । वीचमा अर्को खाना खाएमा पहिलेको खाना पनि पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ ।

    ३.सुत्ने र उठ्ने समय नमिल्नाले पनि कब्जियत हुन्छ ।

    –बेलुकी खाना खाने वित्तिकै सुत्नु हुँदैन । खाना खाएको करिब एक–डेढ घण्टापछि मात्र सुत्नु पर्छ । खाना खाने वित्तिकै सुत्नाले खाना पच्न ढिलो हुन्छ ।

    –बिहान ढिला उठेमा पनि पचेर बाहिर निश्कासन हुन तयार भएको मल निस्कासन हुन पाउँदैन त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ ।

    ४. दिशा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ । दिशा गर्दा बल बलले गर्नु हुँदैन । बल गर्दा मलद्धारमा घाउ हुने जस्ता समस्या हुन्छ।

    # रोकथाम

    १. प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

    २. चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।

    ३. काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

    ४. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

    ५. धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

    ६. धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

    ७. भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

    ८. तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

    ९. सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।

    १०. बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

    ११. खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।

    १२. मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

    घरेलु उपचार :

    १. सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

    २. इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।

    ३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

    ४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

    ५. अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

    ६. गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

    ७. १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।

    ८. दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।

    ९. घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।

    १०. सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।

    ११. सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।

    १२. खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।

    १३. बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

    कब्जियत हटाउने यस्ता छन् उपाय :

    १. धेरै रेशायुक्त खानेकुरा खाने

    आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

    २. पानी धेरै पिउने

    हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

    बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

    ३. व्यायाम

    शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

    ४. नित्यकार्यका लागि बाथरुम जाने

    कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने । कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

    नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।