हेर्नुहोस् त यतिधेरै रहेछन् हरियो केराउ खानुका फाइदा !

    हेर्नुहोस् त यतिधेरै रहेछन् हरियो केराउ खानुका फाइदा !

    यतिबेला तरकारी बजार तथा खुद्रा पसलमा बेच्न राखिएको तरकारीमा झट्ट आँखा जाने तरकारी मध्ये पर्छ हरियो केराउ । कसैले यसलाई हरियो मटर वा कोसा पनि भन्छन् ।

    असोज-कात्तिक देखि प्रसस्त मात्रामा बजारमा आउने हरियो केराउ यो वर्ष सोहि समयमा २ सय रुपैया केजी सम्ममा उपभोक्ताले खरिद गरे । तर केही दिन यता भने प्रतिकेजी मूल्य ६० देखि ७० रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन् । विशेष गरेर यसलाई काउली, ब्रोकाउली लगायतका तरकारीमा मिसाएर खाने गरिन्छ भने केहीले यसलाई आलुमा मिसाएर तातो-तातो झोल (सुप) बनाएर खाने गरेको पाइन्छ ।

    बेमौसमी तरकारी भन्दा मौसमी र सिजन अनुसार तरकारीले स्वास्थ्यमा सहयोग गर्ने हुनाले मौसमी तरकारी तथा फलफूल भरपुर मात्रामा खान सुझाव दिन्छन् स्वास्थ्य विज्ञ । हरियो केराउ जाडोको सिजनमा आउने हुनाले यसलाई विभिन्न तरकारीमा मिसाएर खाने गरिए पनि यसको सेवनले शरीरलाई के फाइदा हुन्छ भन्ने कमैलाई जानकारी भएको पाइन्छ ।

    तर, हरेक तरकारीको आ-आफ्नो महत्व हुन्छ । ती तरकारीमा शरिरलाई चाहिने विभिन्न प्रकारका आवस्यक पोषकतत्व पाइन्छ । त्यहि तरकारी मध्ये हो हरियो केराउ पनि ।

    आउनुहोस् जानौ केराउ खानुका फाइदा के–के रहेछन त ?
    पोषक तत्वले भरिपूर्ण हुने केराउमा भिटामिन बि १, भिटामीन बि ६, भिटामीन सी र भिटामीन के पाइन्छ ।

    तौल घटनाउन सहयोग गर्दछ-हरियो केराउको सेवनले मोटोपन भएका मानिहरुलाई तौल घटाउनका लागि सहयोग गर्ने स्वास्थ्य विज्ञ बताउँछन् । भरपुर मात्रामा फाइवर र प्रोटिन पाइने हुनाले यसको सेवनपछि लामो समयसम्म भोक नलाग्ने तथा तौल नियन्त्रण गर्न सहयोग गर्दछ ।

    कब्जियतको समस्या नहुने- फाइबरको मात्र भरपुर रुपमा पाइने हुनाले केराउको सेवनले पाचन प्रक्रिया सहज बनाउँछ । यसको सेवनले शरीरमा राम्रो खालको व्याक्टेरियाको उत्पादन बढ्ने हुनाले पेट राम्रोसँग सफा हुने र कब्जियतको समस्या पनि नहुने बताइन्छ ।
    हड्डि बलियो बनाउन मदत गर्दछ– केराउमा भिाटामीन के पाइने हुनाले शरिरलाई अस्टियोपोरोसिसको समस्याबाट बचाउने र हड्डि बलियो बनाउन सहयोग गर्ने स्वास्थ्यविज्ञ बताउँछन् ।

    छालामा चमक ल्याउँछ-हरियो केराउमा पाइने भिटामीन सीले शरिरमा कोलेजन बन्ने र यसले छालालाई बेदाग बनाउन तथा छाला चमकदार बनाउन सहयोग गर्दछ ।

    उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ-हरियो केराउको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न समेत सहयोग गर्ने बताइन्छ । यसले शरिरमा रहेको खराब कोलेष्ट्रोललाई कम गराउने हुनाले यसले हृदयघात हुनबाट रोक्न समेत सहयोग गर्ने बताइन्छ ।

    सुगरका विरामीलाई पनि फाइदा – हरियो केराउको सेवनले सुगरका विरामीलाई समेत सहयोग गर्ने बताइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स कम हुने हुनाले ब्लड शुगरलाई नियन्त्रण गर्न सहयोग गर्दछ । हरियो केराउमा पाइने प्रोटिन र फाइबरका कारण ब्लड सुगर बढ्नबाट रोक्ने स्वास्थ्यविज्ञ बताउँछन् ।