दिमाग तिखो बनाउन चहानुहुन्छ? यस्ता खानेकुरा खानुहोस्

    मानिस शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन अत्न्तै आवश्यक पर्छ । दिमागी शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ । तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन ।

    उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वास्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ ।

    स्मरण क्षमता बढाउँने खानेकुराः

    १) ओखर
    मस्तिष्क आकारको ओखरमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सूचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओखर खानाले मस्तिष्क तेजिलो हुन्छ । यस्तै नियमित ओखर खानाले डिप्रेसनको खतरा कम हुनुको साथै एकोहोरो हुने समस्या पनि कम हुन्छ ।

    २) अमला
    स्वादिष्ट फल अमला स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी छ । अमलाले स्वास्थ्य सम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक पर्ने तत्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले गुणयुक्त फलको रूपमा लिइन्छ । बिहान खाली पेटमा अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या समेत यसले कम गराउँन मद्दत गर्छ । भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।

    ३) अनार
    स्मरणशक्ति बढाउन अनारलाई निकै फलदायी मानिन्छ । अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिलै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन ।

    ४) गाजर
    गाजर पौष्टिकताले भरिपूर्ण छ । गाजरमा भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । जसले हाम्रो स्मरण शक्ति बढाउँन मद्दत गर्छ । गाजर सम्भव भए दिनहुँ खानु राम्रो हो, नभए दिनको दुईतीनचोटि खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

    ५) दही
    दहीमा अमिनो एसिड हुनाले स्मरणशक्ति बढ्छ । यसले तनाव कम गर्छ । दहीमा ड्राई फ्रुट हालेर खाँदा धेरै फाइदा पुग्छ । त्यस्तै ब्लुबेरी, केरा, फर्सीको बियाँ, जैतून तेल र साबुत अनाजले पनि दिमाग तीखो बनाउँछन् ।