हिन्दु धर्म अनुसार ज्यातिषशास्त्रको माध्यमबाट मानिसको भविष्यवाणी तथा विभिन्न खालका समस्याहरुबाट मुक्ति पाउन सकिने कुरा उल्लेख गरिएको छ। खासमा मानिसका जीवनमा ३ प्रकारका समस्याहरुको समाधान या जानकारी खोजिरहेका हुन्छन ।
पहिलो समस्या भनेको भविष्य (करियार), दोस्रो धन-सम्पती र तेस्रो भनेको प्रेम-सम्बन्ध या विवाह नै हुन् । यस्ता तीन कुराको जवाफ खोज्दै मानिस यताउता भौतारिदै हिनिरहेका हुन्छन। सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ ।
ज्योतिष विद्या मा १२ राशी र ९ ग्हमा आधारि तछ । तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ ।
प्रेम/विवाह
विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ । ज्योतिषशास्त्रका अनुसार यी राशि हुने मानिसहरुले प्रेम या विवाह गरे असफल हुन्छ।
मेष र कर्कट/ कुम्भ र कर्कट / सिंह र वृष / वृश्चिक र मेष / मिथुन र कर्कट / सिंह र कन्या /मकर र तुला/ कुम्भ र वृष/ मीन र सिंह/मकर र धनु /वृश्चिक र कुम्भ /मिथुन र मिन
यी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदी माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ ।
दुई राशी र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ ।