के हो कोलोस्टोर ? कसरि नियन्त्रण गर्ने ? यस्ता छन् केहि घरेलु बिधीहरु

    के हो कोलोस्टोर ? कसरि नियन्त्रण गर्ने ? यस्ता छन् केहि घरेलु बिधीहरु

    शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवारोध पैदा हुन्छ । यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ ।

    के हो कोलोस्टोर ? कोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो । स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ । यद्यपी यसको रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ । यसले मुटुमा समस्या ल्याउँछ । चिकित्सकको अनुसार कुनैपनि उमेरको पुरुष महिलामा कोलोस्टोरको मात्रा २ सय एमजी/डिएल भन्दा कम हुनुपर्छ ।

    कोलोस्टोर किन आवश्यक छ ? कोलोस्टोरले शरीरको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्बाह गर्छ । यसले कोशिकामा पर्खाल निर्माण गर्छ र विभिन्नखाले हर्मोन्सलाई सन्तुलित गर्छ । यसमा एचडीएललाई राम्रो कोलोस्टोर र एलडीएललाई नराम्रो कोलोस्टोर भनिन्छ ।

    एलडीएललाई किन खराब कोलोस्टोर भनिन्छ त ? किनभने यसले कोरोनरी धमिनीमा अवरोध उत्पन्न गर्छ । जसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ र हृदयघातको संभावना रहन्छ ।एचडीएल कोलोस्टोर चाहि यसकारण राम्रो मानिन्छ कि, यसले धमिनीमा अवरोध आउनबाट रोक्छ ।

    कोलोस्टोरको जोखिम

    – उच्च कोलोस्टोरबाट ग्रस्त ब्यक्तिमा त्यसबेलासम्म केहि लक्षण देखिदैन, जबसम्म कोलोस्टोर मस्तिष्क र मुटुमा जाने धमिनीलाई नराम्ररी असर पुर्‍याउँदैन । यसको परिणामस्वरुप छातीमा पीडा सुरु हुन्छ ।

    – रगतमा कोलोस्टोर बढेपछि पथरी रोग, हृदय रोग, उच्च रक्तचाप आदि हुनसक्छ ।

    – कोलोस्टोर बढेपछि नसामा उतारचढाव आउँछ, त्यसैले हिँडडुल गर्न गाह्रो हुन्छ ।

    – मुटुमा असर, मृगौलामा क्षति पुग्नसक्छ, थाइराइड जस्ता रोग पनि कोलोस्टोरको बृद्धिले निम्त्याउँछ ।

    कारण र लक्षण

    रगतमा किन कोलोस्टोर बढ्छ ?

    यसमा तीनवटा कारण हुन्छन् ।

    १. कोलोस्टोर बढ्ने खाना अर्थात वोसोयुक्त खाद्य पदार्थको अधिक तथा लगातार सेवन ।

    २. मोटाबलिक सिस्टम जब एलडीएलको मात्रा पर्याप्त रुपमा रगतबाट बाहिर निस्कन पाउँदैन, तब रगतमा एलडीएलको स्तर बढ्छ ।

    ३. जब कलेजोले कोलोस्टोर अधिक मात्रामा उत्पादन गर्छ ।

    -यि कारणहरुलाई नियन्त्रण गर्ने हो भने शरीरमा कोलोस्टोरको मात्रा बढ्दैन ।)

    लक्षण

    – थकान

    – कमजोरी

    – सास फेर्न गाह्रो हुनु

    – धेरै पसिना आउनु

    – सुत्न गाह्रो हुनु

    – बेचैन महसुष हुनु आदि

    कोलोस्टोर नियन्त्रण गर्न के खाने ?

    – आफ्नो खानामा धेरैजसो मौसमी फल र सब्जी सामेल गरौं ।

    – सुन्तलाको जुस एकदमै फाइदाजनक हुन्छ, यसमा भरपुर मात्रामा क्याल्सियम पाइन्छ ।

    – जीरो कोलोस्टोरयुक्त पदार्थ सेवन गरौ? जस्तो ताजा फल, सब्जि, फाइबरयुक्त पदार्थ ।

    – विहानको नास्तामा कर्नफ्लेक्स जस्ता खानेकुरा फाइदाजनक हुन्छ ।

    के नखाने ?

    – रातो मासु सेवन नगरौं ।

    – दुध, घिउ, क्रिमदेखि आइसक्रिमसम्म सेवन नगर्नु राम्रो हो ।

    – चुरोट, रक्सीको सेवन गर्दै नगरौं ।

    सावधान रहनुहोस्

    – औषधीका साथै केहि सावधानी वा खानपानमा सुधार ल्याएर पनि कोलोस्टोर नियन्त्रण गर्न सकिन्छ । किनभने गलत खानपान र रहनसहनले नै उच्च कोलोस्टोरको समस्या पैदा हुने हो ।

    – चिकित्सकको सल्लाह अनुसार खानपान र जीवनशैलीमा परिवर्तन गर्ने ।

    – शरीरको तौल बढ्न नदिने, अतिरिक्त क्यालोरी बर्न गर्ने । धेरैभन्दा धेरै पैदल हिँड्ने गरौं ।

    – नियमित व्यायम गरौ, जगिङ, डान्सिङ, एरोबिक्स, स्विमिङ धेरै लाभदायक हुन्छ ।

    – लिफ्टको साटो सिंढीबाट उक्लने अभ्यास गरौं ।

    – त्यस्तो खानेकुरा सेवन गरौ, जसमा कोलोस्टोरको मात्रा कम होस् ।

    अपनाउन सकिन्छ घरेलु बिधी

    – १ कप तातो पानीमा एक-एक चम्चा मह र कागतीको रस मिसाएर बिहान नियमित रुपले पिउने गर्नुपर्छ, कोलोस्टोर प्राकृतिक रुपले नियन्त्रण हुन्छ ।

    – १ गिलास पानीमा २ ठूलो चम्चा धनियाँ उमाल्ने, चिसो भएपछि त्यसलाई छान्ने र पिउने ।

    – प्याजको रस पनि फाइदाजनक हुन्छ । यसले रगत पनि सफा गर्छ ।

    – भिटामिन-ई पाइने खानेकुरा सेवन गरौ ।

    – भिटामिन- बि ६ पनि लिन सकिन्छ ।

    – नियमित रुपमा लसुन सेवन गर्न सकिन्छ ।

    – एक गिलास पानीमा एक चम्चा मेथी पाउडर मिसाएर एक महिनासम्म खाली पेट पिउनुपर्छ ।

    – नियमित एक ठूलो चम्चा मह सेवन गर्नुहोस् ।

    – पाकवनका लागि सनफ्लावर तेल प्रयोग गरौं ।