‘सूर्य तेल’मा छ यस्ता विभिन्न गम्भीर रोग देखि छुटकारा दिलाउने क्षमता !

    ‘सूर्य तेल’मा छ यस्ता विभिन्न गम्भीर रोग देखि छुटकारा दिलाउने क्षमता !

    ज्योतिष शास्त्रका अनुसार कुनै मानिसको कुण्डलीमा शूर्यको दोष छ भने उसले निकै कठिनाइ भोग्नु पर्छ। आर्थिक समस्या आउन सक्छ, समाजमा मान-सम्मान खराब हुनसक्छ वा स्वास्थ्य सम्बन्धि थुप्रै समस्या आउनसक्छ। यस्तोमा मानसिक स्वास्थ्य खाराब हुनुको साथै हृदय रोग, मदुमेह, टाउको दुख्ने, दाँत दुख्ने जस्ता समस्या देखा पर्न थाल्छ। यस्ता समस्याको आयुर्वेदको अनुसार एक निकै उपयुक्त र प्रभावकारी उपाय छ। आयुर्वेदिक उपाय हुनुको बाबजुद यसले सूर्य ग्रहको दोषबाट उत्पन्न हुने समस्या दूर गर्छ। यसको लागि तपाईंले एक तेल तयार पार्नु पर्छ। यो खास तेललाई सूर्य तेल भनिन्छ।

    सामग्री

    यो तेल तपाईं घर मै तयार पार्न सक्नुहुन्छ। त्यसको लागि २०० ग्राम सूर्यमूखी, २०० ग्राम तिल, ४ ग्राम ल्वांग, ८ ग्राम केसरको आवश्यक पर्छ।

    तरिका

    सबै सामग्रीलाई मिसाएर एक सिसाको बोतलमा हालेर राख्नुहोस्। र बोतलको टाउकोमा रातो कपडा राखेर बिर्को लगाउनुहोस् र १५ दिनसम्म यस बोतललाई घाममा राख्नुहोस्। १५ दिनपछि बोतल खोल्दा तपाईंले तेल तयार पाउनुहुनेछ। अब तपाईं यसको उपयोग गर्न सक्नुहुन्छ। यसको प्रयोगको लागि आइतबार शुभ मानिन्छ किनकि यो सूर्य देवलाई समर्पित दिन हो।

    फाइदा

    यो तेलको प्रयोग उच्च रक्तचाप वा हृदय रोगको लागि निकै लाभदायक हुन्छ। यो तेलले साना बच्चालाई मालिस गर्दिने हो भने उनीहरुमा भिटामिन-डीको कमी हुँदैन। साथै यसको प्रयोगले छाला पनि चमकदार हुन्छ।