पूजामा कुन तेलको दियो शुभ मानिन्छ ?

    हिन्दु धर्ममा पूजाको बेला दियो जलाउने वा बत्ती बाल्नुलाई विशेष महत्व दिइन्छ । तपाईंले देख्नुभएको होला कतिपयले तीलको तेलमा दियो बाल्छन् भने कतिपयले घ्यूमा बाल्ने गर्छन् ।

    यस्तोमा ज्योतिष विशेषज्ञबाटै जानौं कुन तेलमा दियो बाल्न सबैभन्दा शुभ मानिन्छ ।

    पूजाको क्रममा घ्यूमा दियो बाल्नु एकदमै शुभ मानिन्छ । यसमा दियो बाल्दा घरको नकारात्मकता टाढा भाग्छ र जीवनमा सुखशान्ति आउने मान्यता रहेको छ ।

    घ्यूको दियो देवीदेवताप्रति समर्पित हुन्छ । त्यस्तै घ्यूमा दियो बालेर देवताको दाहिने राख्दा एकदमै शुभ मानिन्छ ।

    गाईको घ्यूमा दियो बाल्दा घरबाट दरिद्रता टाढा जाने मान्यता छ । यसले धन लाभ तथा परिवारको स्वास्थ्य पनि राम्रो भइरहने ज्योतिषशास्त्रमा बताइएको छ ।

    त्यस्तै पूजा गर्ने समयमा तीलको तेलमा दियो बाल्नाले दोष समाप्त हुने मान्यता छ । यसले जीवनका समस्यालाई कम गर्न पनि सहयोग गर्छ ।

    कतिपय ठाउँमा घ्यू उपलब्ध नहुँदा तीलको तेलमा पनि दीपक जलाउने गरिन्छ । यो तेलमा बालेको बत्तीलाई भने देवीदेवताको बायाँतिर राख्नुपर्दछ ।

    त्यस्तै तोरीको तेल पनि अत्यधिक प्रयोग गरिन्छ । यो जहाँ पनि उपलब्ध हुने भएकाले धेरैले यही तेलमा दियो बाल्ने गर्छन् । यो पनि एउटा सजिलो विकल्प हो ।

    शनि ग्रह सम्बन्धी दोष कम गर्नका लागि तोरीको तेलमा दियो बाल्ने गरिन्छ । यो तेलमा दियो बाल्दा रोग व्याधी कम हुने विश्वास गरिन्छ