मुटुरोगीले खानपान कसरी ध्यान दिने ?

    मुटुरोगीले खानपान कसरी ध्यान दिने ?

    धार्मिक र सांस्कृतिक महत्त्वका साथै टाढाटाढा पुगेका आफन्त एकै स्थानमा भेट हुन, रमाइलो गर्न, सुखदुःख बाँड्न पाइने भएकाले दशैं कहिले आउला भनेर हामी दिन गनेर बसिरहेका हुन्छौं । हिन्दुमात्र नभई सबै नेपालीले यस बेला आआफ्नो तरिकाले उत्सव मनाइरहेका हुन्छन् ।

    दशैंमा अन्य समय भन्दा बढी मासुसहित चिल्लो–पिरो खाने चलन छ । यस बेला मासु, मद्यपान र धूमपानमा रमाउने पनि कम्ती हुँदैनन् । दशैंको केही दिनको रमाइलोले जीवनभर रोगको शिकार हुनुपर्ने अवस्था आउन सक्छ । त्यसकारण पनि दशैंमा खानपानलाई जोड दिनुका साथ विशेष सावधानी पनि अपनाउनु आवश्यक हुन्छ । अझ विशेषगरि मुटुरोगीले आफ्नो खानपानको ध्यान कसरी राख्ने भने कुरामा बढि सजक हुनु पर्छ ।

    मुटुरोगीले दशैँमा कस्तो खानपान गर्ने ?

    रातो भन्दा सेतो मासु खाने : रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यसले युरिक एसिड बढाउँछ । रातो मासुको सट्टा सेतो मासु खानु लाभदायक हुन्छ।

    ड्राइफुड र कोल्ड ड्रिंक्स कम खाने : दशैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, जंकफुड कोल्ड ड्रिंक्स, आइसक्रिम,जाम, केकलगायत खानेकुरा स्वास्थ्यका लागी फाइदाजनक हुदैन त्यसैले नखाएकै बेस हुन्छ ।

    छालायुक्त मासु नखाने : खसीबोका लगायतका जनावरको छालामा काटिएर रौं पनि रहन्छ त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ ।

    अन्डाको भित्री पहेँलो भाग खाने :अन्डाको सेतो भाग भन्दा भित्री पहेँलो भागमा कोलस्ट्रोलको मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खाँदा स्वास्थ्यलाई लाभ मिल्छ ।

    धुम्रपान र मद्यपान नगर्ने : दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन ।मद्यपानल, धुम्रपानले फोक्सो र मुटुरोगको खतरा बढाउँछ। रक्सीको सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ जसले मुटुरोग, हृदयाघात र पक्षघात गराउनमा विशेष भूमिका खेल्छ । त्यसैले धुम्रपान र मद्यपान नगर्ने ।

    मसला कम खाने : दशैंको परिकारहरुमा चिल्लोसँगै मसला धेरै प्रयोग हुने गर्छ जसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि राम्रो होइन । बजारमा पाइने रेडिमेड मसलाहरु भन्दा घरमै तयार गरेको मसला खानु राम्रो हुन्छ ।

    शाकाहारी खानामा जोड दिने : शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर माछामासु खाएमा हानि भने हुँदैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्ने हुदा खानामा फाइबरको प्रमुख स्रोत गहुँ, फापर, कोदो, जौ, मकै ,गेडागुडी, हरियो सागपात, अंकुरित गेडागुडी र ताजा तरकारी नै हुन् । यसले मुटुलाई फाइदा र्पुयाउँछ ।

    व्यायम गर्ने : दसैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ । त्यसले रोगीहरुको स्वास्थ्य झन बिग्रिन्छ । त्यसैले स्वादमा मात्रै ध्यान नदिएर स्वास्थ्यको पनि राम्रो ख्याल गर्ने ।