पल्स अक्सिमिटरको प्रयोग कसरी गर्ने ?

    पल्स अक्सिमिटरको प्रयोग कसरी गर्ने ?

    शरीरमा अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि बजारमा एक उपकरण उपलब्ध छ, अक्सिमिटर । यसलाई कसरी प्रयोग गर्ने ? कहिले गर्ने ? यसबारे भने जानकारी हुन जरुरी छ । यससँगै के पनि जरुरी छ भने के तपाईंले यसको प्रयोग सही रुपमा गरिरहनुभएको त छ ?

    चिकित्सकहरुको अनुसार यसको प्रयोग तबमात्र गर्नु उचित हुन्छ, जब पाँच दिनसम्म तपाईंको स्वास्थ्य अस्थिर हुन्छ । यस्तो स्थितीमा पल्स अक्सिमिटिर प्रयोग गर्न सकिन्छ ।

    कसरी गर्ने ?

    –अक्सिमिटरलाई दिनहुँ प्रयोग नगरौं ।

    –यदि नेल पोलिस लगाउनुभएको छ भने त्यसलाई हटाउनुहोस् ।

    –एउटै हातको औलामा मात्र नभई हातको अर्को औलामा पनि मीटर लगाएर जाँच गर्नुहोस् ।

    –दुई तीन पटक परीक्षण गर्दा जुन सबैभन्दा बढी रिडिङ आउँछ, त्यसैलाई सही मान्नुहोस् ।

    यो तरिका पनि उचित हुन्छ

    –करिब ७ मिनेटसम्म हिँडडुल गरौं । यसपछि अक्सिमिटरको प्रयोग गरेर लेभल जाँचौं ।

    –यदि हिँडडुल गरेपछि अक्सिमिटरमा अक्सिजनको लेभल चार प्रतिशतसम्म कम देखियो भने बाँकी परीक्षण जरुरी हुन्छ ।

    –यदि हिँडडुलपछि लेभल ९४ माथि आउँछ भने चिन्ता गर्नुपर्ने केही छैन, तपाईं ठीक हुनुहुन्छ ।

    संक्रमणलाई सही ढंगले पहिचान गर्नका लागि

    –आफ्नो लक्षणमा ध्यान दिनुपर्छ ।

    –आरम गर्नुपर्छ ।

    –राम्रो डाइट लिनुपर्छ ।

    –नअत्तालिनुहोस् ।

    –यी सबै हुँदाहुँदै पनि अस्वस्थ महसुष गरिरहनुभएको छ भने चिकित्सकसँग भेट्नुपर्छ ।