किन छिट्टै हुन्छ महिलालाई पिसाब इन्फेक्सन ? यसरी बच्न सकिन्छ

    किन छिट्टै हुन्छ महिलालाई  पिसाब इन्फेक्सन ? यसरी बच्न सकिन्छ

    महिलाहरुमा युरिन वा पिसाब पोल्ने समस्या धेरै हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुको मुत्रनली सानो हुने भएकाले चाडो इन्फेक्सन हुने सम्भावना हुन्छ । महिलाहरुको मुत्रनली सानो भएकाले छोटो समयमा नै इन्फेक्सन मुत्रथैली हुदै मिर्गौलामा पुग्ने मुत्र रोग बिशेषज्ञ डा. दिपक बाबु रौनियारले बताए ।

    उनका अनुसार महिलाहरुको पाठेघर योनिमार्गबाट नजिकै हुन्छ । साथै पिसाब नलीको बाटो पनि एकअर्काको नजीकै हुन्छ । जसका कारण पाठेघरको इन्फेक्सन पिसाबको नलिमा र पिसाबको नलिको इन्फेक्सन पाठेघर सम्म पुग्ने सम्भावना भएकाले महिलाहरुमा पिसाबको इन्फेक्सन धेरै हुन्छ ।

    महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग गर्दा हाइजिन मेन्टेन गर्न नसक्दा पनि इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । सार्वजानिक शौचालय आवश्यक स्थानमा उपलब्ध नहुदाँ पिसाब च्यापेर हिड्दा धेरैजसो महिलामा पिसाबको समस्या हुने डा. रौनियारले बताए । उनका अनुसार हाम्रो पहिरनले पनि पिसाबलाई असर पार्छ ।

    हालको अवस्थालाई नियाल्ने हो भने साडि धोती लगाउने महिलाहरु एकदमै कम छन् । धेरैजसो महिलाहरुले टाइट पाइन्टहरु लगाउछन् । टाइट कपडा लगाउँदा हावाको आवत जावत राम्रोसँग हुन पाउदैन र पसिना आइरहेको हुन्छ । फलस्वरुप इन्फेक्सन वा ढुसि आउँछ ।

    पछिल्लो समयमा बालीकाहरुमा पनि पिसाबको इन्फेक्सन अत्याधिक मात्रामा भइरहेको छ । हरेक बालबालीकालाई स्कुल लौजान भ्यान घरमा नै आउँछ । स्कुल टाढा हुदाँँ भ्यानले घण्टौ लगाएर स्कुल पुर्याउँछ । त्यो समयमा बालबालीकाहरुलाई पिसाब आए शौचालय हुदैन । उनिहरुले दैनिक पिसाब च्यापेर नै स्कुल पुग्नुपर्छ । यसरी पिसाब च्याप्दा पनि पिसाबको संक्रमण हुने उनले बताए ।

    उनि भन्छन् महिलाहरु महिनावारी हुदाँ स्टोजेन नामक हर्मोन बन्छ । यो हर्मेनले पाठेघर र पिसाबको बाटोलाई चिप्लो बनाइराख्छ । जसले गर्दा महिनावारीको समयमा इन्फेक्सन हुने सम्भावना कम हुन्छ । महिनावारी रोकिए पश्चात त्यो हर्मोन बन्न पाउदैन त्यसैले पिसाबको बाटो चिप्लो हुन पाउदैन र पिसाबको बाटोहरु फाट्न थाल्छ । यस्तो अवस्थामा सजिलै संक्रमण हुन थाल्छ । यस्तो अवस्थामा विभिन्न हर्मोनको मलम प्रयोग गर्नुपर्छ ।

    डा.रैनियारमा अनुसार पिसाब इन्फेक्सनबाट बच्ने उपाय

    पिसाबको इन्फेक्सनबाट बच्नका लागी दैनिक ४ देखि ५ लिटर पानि पिउनुपर्छ । सामान्यतय २४ घण्टामा ४ देखि ५ पटकसम्म पिसाब लाग्छ । धेरेजसो मानिसहरु पिसाब लाग्छ भनेर पानि पिउदैनन् । यसो गर्दा झन अन्य स्वास्थ समस्या उत्पन्न गराउँछ ।

    कुनै व्यक्ति १ १ घण्टाको अन्तरालमा पिसाब फेरीरहेको छ भने कुनै समस्या छ भन्ने बुझ्नुपर्छ । त्यस्तो व्यक्तिहरुले एकपटक आफ्नो स्वास्थ्य परिक्षण गराउनुपर्छ । जाडो महिनामा पसिना आउदैँन सबै पानि पिसाबको माध्यमबाट जानुपर्ने हुन्छ, त्यसैले जाडोयाममा पटक पटक पिसाब लाग्नुलाई सामान्य मान्न सकिन्छ ।

    पिसाबको नलिमा नरिवलको तेल लगाउँदा इन्फेक्सन हुन पाउदैन । साथै टाइट कपडाहरु लगाउनु हुदैँन । सहज रुपमा हावा आवत जावत हुने कपडाहरु लगाउनुपर्छ ।

    हाइजिन मेन्टेन गर्नाका साथै पिसाब लागेको समयमा पिसाब फेरीहाल्ने गनुपर्छ ।