लसुन र मह मिलाएर खानुहोस्, पाउनुहुनेछ चमत्कारीक फाइदा

    लसुन र मह मिलाएर खानुहोस्, पाउनुहुनेछ चमत्कारीक फाइदा

    लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो ।
    यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ। लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ।

    बनाउने तरिका: दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने। त्यसमा ताजा (काँचो) मह मिसाउने। मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ। यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने।

    लसुन र महको महत्व: लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ। लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ। मह र लसुनबाट बनाइएको ‘पेस्ट’ सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।

    रुघाखोकीमा फाइदा: लसुन र महको मि श्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ।

    मुटुका लागि फाइदा: लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ। यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ।

    पाचनक्रियामा लाभ: -यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ। मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ ।

    – लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर’को काम गर्छ। शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ।

    पखालाबाट छुटकारा: यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृत’ हुनसक्छ। यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ। यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ।

    घाँटीको इन्फेक्सनमा फाइदा: लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ। यसको मि श्रणमा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ।