बिहेको दिन बेहुलीले बच्चा जन्माएपछी खैलाबैला …

    विवाहको दिन अचानक बेहुलीले बच्चा जन्माएको कतै सुन्नु वा देख्नु भएको छ ? यो अपत्यारिलो खबर हो नेदरल्याण्डको डोड्रेचको हो । जहाँ भव्य विवाह समारोह चलिरहेका बेला बेहुलीलाई ब्यथा लागेर आकस्मिक अस्पताल लगिन्छ । अन्तराष्ट्रिय मिडियाका अनुसार बेहुली पहिले नै गर्भवती थिइन्। तर निकोल र मार्कले विवाह गरेपछि मात्र बच्चा जन्माउने सोचेपछि उनीहरु विबाहको योजनामा लागे ।

    निर्धारित मितिभन्दा धेरै अघि नै विवाहको मिति तय गरेको भएता पनि प्रसव अघि दम्पतीको विवाह योजना असफल भयो। विबाह अगावै सोही दिन बच्चा जन्मिएपछि योजना परिवर्तन गर्नुपरेको थियो । तर विशेष कुरा यो हो कि यस कारणले यो जोडीको विवाह रोकिएको छैन।

    सुत्केरी पछि दम्पतीले सोही दिन शहरको अल्बर्ट स्विट्जर अस्पतालमा विवाह गरेको समाचारमा जनाइउको छ । बच्चा जन्मेको सोही दिन अस्पतालको प्रार्थना कक्षमा दम्पतीले विवाह गर्दा उनीहरुका आफन्त र मिडियाकर्मीको उपस्थिती रहेको बताइन्छ । निजामती रजिष्ट्री अधिकारीहरू पनि विवाह दर्ताका लागि अस्पताल पुगेका थिए ।

    यो पनि :मतपत्र छपाइ र ढुवानीको अवस्था थाहा पाउनुहोस्:प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो । बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो ।

    शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश १ को मतपत्र ढुवानी शुरु हुने निर्वाचन आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

    यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछन् भने कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्ने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *