यस्तो समुदाय जहाँ विवाहको तीन दिनसम्म चर्पी जान पाइदैन

    एउटा यस्तो समुदाय छ जहाँ विवाहको तीन दिनसम्म चर्पी जान पाउँदैनन् । विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान नपाउने विधिलाई इन्डोनेसियाको टीन्डागं समुदाय महत्वपुर्ण रुपमा लिने गर्दछन् । यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि मान्ने गर्दछन् ।

    यो तीन दिनमा नव दम्पति मध्ये कुनै एक जनाको ज्यान नै चर्पी जाँदा खतरामा पर्न सक्ने भन्ने टीन्डागं समुदायमा अन्धविश्वासको कारण यो तीन दिन सम्म खाना पनि कम दिइन्छ ।

    यहाँको समुदायका मानिसले विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान दिदैनन् । विवाह पवित्र समारोह हो, चर्पी जानाले उनीहरुको पवित्रता भंग हुने हुनाले वरवधु अशुद्ध हुने विश्वास रहकाले चर्पी जान मनाही गरिएको त्यहाँको स्थानीयहरु बताउने गरेका छन् ।

    नव दम्पतीलाई नराम्रो नजरबाट बचाउन सकिने धार्मिक विश्वास रहेको छ । दम्पत्तिमाथी नकरात्मक नजर लाग्ने र वैवाहिक सम्बन्ध नै बिग्रने संम्भावना हुने हुनाले चर्पी जानबाट रोक लगाएको हो ।

    विवाह हुनुभन्दा अगाडि र विवाहपछि प्रायः सबै धर्म जात अनुशारको आफ्नै विभिन्न विधि हुन्छन । तर इन्डोनेसियाको टीन्डागं समुदायको चलन हामीले देखे सुने भन्दा फरक तथा रोचक रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *