बैशाख २८ गते शुक्रबार, आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    आज शुभकार्यमा सहभागिता जनाइने छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैझमेलाको अवस्था पनि आउला ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *