फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्।
एम्बाप्पेले भने, ‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ । पेरिस सेन्ट-जर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’
पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ । बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो ।
विश्वकप विजेता खेलाडी २५५ गोलसहित पीएसजीका कीर्तिमानी गोलकर्ता हुन् । पेरिसमा जन्मेका एमबाप्पे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल थिए ।
पीएसजीले लिग वानमा टुलुसविरुद्ध पार्क डेस प्रिन्सेसमा आफ्नो अन्तिम घरेलु खेल खेल्नेछ। त्यसपछि टोलीले मे २५ मा लिलको स्टेड पियरे-माउरोयमा लियो विरुद्ध फ्रेन्च कप फाइनल अघि लिगमा निस (१५ मे) र मेट्ज (१९ मे) विरुद्ध खेल्नेछ।