किन लगाइयो ऋषभ पन्तलाई ३० लाख जरिवाना र १ खेल प्रतिबन्ध ?

    दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ३० लाख भारतीय रुपैयाँ जरिवाना गरिनुका साथै १ खेल प्रतिबन्ध लगाइएको छ । गत मंगलबार राजस्थान रोयल्सविरुद्ध खेलमा स्लो ओभर रेटका कारण उनी कारबाहीमा परेका हुन् । राजस्थानविरुद्ध अन्तिम ओभर सुरु गर्नुपर्ने निर्धारित समय भन्दा पन्त १० मिनेट ढिलो थिए । यस सिजनमा दिल्लीको स्लो ओभरमा तेस्रो खेलमा गल्ती हो । यसअघि चेन्नई सुपर किंग्ससँग स्लो ओभरमा पन्तलाई १२ लाख जरिवाना भएको थियो । त्यस्तै कोलकाता नाइट राइडर्सविरुद्ध पनि स्लो ओभरकै कारण उनलाई २४ लाख जरिवाना लागेको थियो । तेस्रो खेलमा पनि गल्तीपछि दिल्लीका अन्य खेलाडीलाई १२ लाख भारु वा म्याच फिको ५० प्रतिशत रकम जरिवाना लाग्नेछ । पन्तले भने आइतबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेल गुमाउनेछन् । दिल्ली १२ खेलमा समान ६ मा जित र हारका साथ १२ अंकका साथ पाँचौं स्थानमा छ । प्लेअफ खेल्न बाँकी बेंगलोर र लखनउले दुबै खेल जित्नुपर्छ । बेंगलोरविरुद्ध पन्त नहुनु दिल्लीलाई भने भारी पर्न सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *