कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर बालेन फ्रान्स प्रस्थान

    काठमाडौं । विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा सहभागी हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन् । महानगर स्रोतका अनुसार उनी गएराति फ्रान्स उडेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स जान लागेका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ। मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ। यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *