हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको मौसम !
Related Posts
अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा वृद्धि
दान बहादुर बुढा मुगु, ८ माघ । चर्चित पर्यटकीयस्थल रारामा...
राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले...
तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना : आमा–छोराको मृत्यु
तनहुँ, ८ माघ । तनहुँमा आज (सोमबार) एकाबिहानै मोटरसाइकल दुर्घटना...