किन खोज्दै छन त एलन मस्काले दिमागमा चिप राख्न चाहने मान्छे

    काठमाडौं । पहिलो चरणमा सफलतापूर्वक चिप प्रत्यारोपण गरिसकेपछि न्युरालिङ्कले चिप लगाउन चाहने दोस्रो व्यक्तिको खोजी सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै न्युरालिङ्कका मालिक एलन मस्कले दोस्रो सहभागीका लागि आवेदन खुलाएको जानकारी दिएका हुन् । “दोस्रो सहभागीका लागि न्युरालिङ्क आवेदन स्वीकार गरिरहेको छ,” एक्समा पोस्ट राख्दै मस्कले भनेका छन्, “यो हाम्रो टेलिप्याथी साइबरनेटिक ब्रेन इम्प्लान्टले तपाईंलाई सोचेकै भरमा फोन र कम्प्युटर नियन्त्रण गर्न सघाउँछ ।” मस्कले सो भिडिओमा पहिलो सहभागी नोल्यान्ड अर्वाउझको भिडिओ राखेका छन् । सो भिडिओमा नोल्यान्ड पहिले कस्तो अवस्थामा थिए अनि चिप प्रत्यारोपण गरेपछि कस्तो अवस्थामा पुगे भन्ने देखाइएको छ । “यदि तपाईंमा क्वाड्रिप्लेजिया छ र तपाईं आफ्नो कम्प्युटर नियन्त्रण गर्ने नयाँ तरिका अन्वेषण गर्न खोजिरहनु भएको छ भने हामी तपाईंलाई हाम्रो क्लिनिकल परीक्षणमा भाग लिन आमन्त्रित गर्दछौं,” न्युरालिङ्कको एक्स ह्यान्डलबाट सार्वजनिक गरिएको भिडिओमा भनिएको छ ।

    यसमा आवेदन दिनका लागि आवेदक अमेरिका वा क्यानेडाको बासिन्दा हुनुपर्छ । ऊ १८ वर्ष पुरा भएको हुनुपर्नेछ र उसमा क्वाड्रिप्लेजिया भएको हुनुपर्नेछ । त्यसबाहेक प्याराप्लेगिया, दृष्टि गुमेको, श्रवण शक्ती गुमेको, बोल्न नसक्ने, वा हातखुट्टा गुमेको व्यक्ति परीक्षणका लागि योग्य हुनेछन् । योग्य व्यक्तिले यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *