कुन तिन दुर्लभ विश्व कीर्तिमान छ त नेपालको जुन सझिलै तोड्न सक्दैन ?

    काठमाडौं । भनिन्छ खेलकुदमा कीर्तिमानहरु तोडिनका लागि बन्छन्, चाँडै नै तोडिने वा अलि समयससम्म रहने भन्ने कुरा त्यो कीर्तिमान र समयमा भरपर्ने गर्दछ । तर विश्व क्रिकेटमा नेपालले नै केही यस्ता दुर्लभ कीर्तिमान बनाएको छ, जुन सजिलै तोड्न सकिदैन । विश्व क्रिकेटमा नेपालले थुप्रै कीर्तिमानहरु बनाएको छ । जसमा सजिलै तोड्न नसकिने ३ कीर्तिमानहरु यस प्रकार छन् । दीपेन्द्रको ९ बलमा अर्धशतक

    नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध टी–२० आईमा ९ बलमै अर्धशतक प्रहार गरेका थिए ।

    उक्त खेलमा दीपेन्द्रले ८ छक्का र एक बलमा दुई रन गर्दै ५० रन पूरा गरेका थिए । विश्वको कुनैपनि क्रिकेट खेलको यो सर्वाधिक छिटो अर्धशतक हो । उनले सन् २००७ मा भारतीय क्रिकेटर युवराज सिंहले इंग्ल्यान्डविरुद्ध टी–२० विश्वकपमा बनाएको १२ बलको कीर्तिमान तोडेका थिए ।
    कुनैपनि ब्याटरलाई ५० रन बनाउन ९ बल खेल्नु नै पर्छ । किनभने लगातार ८ छक्का हानेपनि ४८ रन मात्रै हुन्छ । महबुब आलमको एकै खेलमा १० विकेट

    नेपालका पूर्व तीव्र गतिका बलर महबुब आलमले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ सन् २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिएका थिए । सीमित ओभरको क्रिकेटमा उनी १० विकेट लिने एक्लो क्रिकेटर हुन् ।

    सीमित ओभरमा कुनैपनि खेलाडीलाई विपक्षीका सबै विकेट लिन गाह्रो छ । १० विकेट लिएपनि बराबर हुन्छ । एकै खेलमा क्रिकेटमा ११ विकेट लिन मिल्दैन ।

    नेपालको २ बलमा जित

    नेपालले सन् २००६ को एसीसी ट्रफी अन्तर्गत म्यानमारविरुद्ध मात्रै २ बलमा जित निकालेको थियो । महबुब आलमले ७ र विनोद दासले ३ विकेट लिएपछि पहिला ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो ।

    ११ रनको लक्ष्य नेपालले २ बलमै पूरा गरेको थियो । उक्त खेलमा ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले १–१ बलमा समान ३–३ रन बटुलेका थिए । नेपालले पाँच रन वाइड मार्फत पाएको थियो ।

    क्रिकेटमा दुई बलमा जित अब भने असम्भव देखिन्छ । विश्व क्रिकेटमा धेरै परिवर्तन र विकास भएको छ । विश्व क्रिकेटका ठूला पावर हाउस टोलीहरु भर्खर सिकेका देशसँग क्रिकेट खेल्दैनन् ।

    भर्खर सिक्न थालेका देशहरु त्यही स्तरका टोलीसँग खेल्छन् । यो कीर्तिमान तोडिनलाई १ बलमै जित्नुपर्छ । तर त्यो अव असम्भव देखिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *