यी तरिका अपनाउनुस् यदि तपाइको बच्चाले मोबाइल चलाएर हैरान हुनुहुन्छ भने !

    काठमाडौँ– मोबाइल र सामाजिक सञ्जालको प्रयोगले आजभोलिका ससाना बच्चाहरूले पनि गर्छन् ।

    अभिभावकले पनि बच्चाको जिद्दी मान्न वा खाना खुवाउनको लागि सजिलै मोबाइल फोन चलाउन दिन्छन् । के तपाइलाई थाहा छ यसले बच्चाहरू पारिवारिक संस्कारबाट टाढा गइरहेका छन् ।

    स्मार्टफोनमा बच्चाहरू धेरै कुरा देख्छन् । तर सही या गलत भन्ने उनीहरूलाई थाहै हुन्न । यसले गर्दा उनीहरू गलत काम गरिरहेका हुन्छन् ।

    मनोवैज्ञानिक जोनाथान हाइड्टको अनुसार स्मार्टफोनका कारण बच्चाहरूको मानसिकतामा धेरै असर परिरहेको हुन्छ । स्मार्टफोनको धेरै प्रयोगले बच्चाहरूमा डिप्रेसन, एन्जाइटी र एक्लोपनको सिकार हुन सक्छन् । उनीहरूमा हिंसाको भावना आइरहेको हुन्छ ।

    त्यसैले बच्चाहरूलाई १६ वर्षभन्दा पहिला स्मार्ट फोन दिनु हुन्न । उनीहरूलाई घुमाउने वा बाहिरी कुरा देखाउने गर्नुपर्छ । साथै अन्य बच्चाहरूसँग खेल्न दिनुपर्छ । यसले उनीहरूको मानसिक र शारीरिक रूपमा धेरै विकास हुन्छ ।

    बच्चाहरूलाई स्मार्ट फोन र सामाजिक सञ्जालबाट पर राख्नको लागि यी चार कुरा आवश्यक पर्छ ।

    १.उच्च शिक्षाभन्दा पहिले स्मार्ट फोन नदिने

    हाइ स्कुलभन्दा पहिला बच्चाहरूलाई स्मार्ट फोन दिन हुँदैन । हाइ स्कुलभन्दा पहिले फ्लिप फोन दिए हुन्छ । जुन सुरक्षित हुन्छ । यस्तो फोनमा कल वा टेक्स्ट म्यासेज मात्रै गर्न मिल्छ ।

    २. १६ वर्षभन्दा पहिले सामाजिक सञ्जालबाट टाढा राख्ने

    सामाजिक सञ्जालले बच्चाहरूलाई गलत दिशामा लैजाने गर्छ । फोनमा देखेका सबै भिडियोलाई राम्रो मान्छन वा ठान्छन् । यसले गर्दा कैयन पटक बच्चाहरूले नराम्रो काम पनि गरिरहेका हुन्छन् । त्यसैले १६ वर्षभन्दा पहिले बच्चाहरूलाई स्मार्टमा फोन दिनु हुन्न । उनीहरूलाई सही र गलत छुट्याउनका लागि केही समय दिन दिनुपर्छ ।

    ३. फोनमुक्त विद्यालय

    विद्यालयमा विद्यार्थीहरूको लागि फोनको लागि व्यवस्था गर्नुपर्छ । साथै विद्यार्थीले विद्यालयमा फोन ल्याउनुका कारणबारे सोधपुछ गर्नु पर्ने जानकारहरू बताउँछन् ।

    ४. खेल्न र जिम्मेवारी बह गर्न दिने

    बच्चाहरूलाई खेलको आवश्यकता पर्दछ । विद्यालय वा घरको आँगनमा बच्चाहरूलाई खेल्न दिनुपर्छ । स्थानीय पार्क, विद्यालयको खेल मैदान वा आँगनमा खेल्न दिनुपर्छ ।

    ५. अभिभावकले गर्नुपर्ने काम

    बच्चाहरूलाई पाल्ने तरिका बदल्दै गएको छ । अभिभावकहरू थोरै एडभान्स हुनुपर्छ । बच्चाहरूलाई मोबाइलबाट टाढा राख्नको लागि अभिभावकले नै मोबाइल चलाउनु हुन्न । वा मोबाइल चलाउन छोड्नुपर्छ ।

    बच्चाहरूसँग धेरै समय बिताउनु पर्छ । उनीहरूसँग खेल्ने, कुराकानी गर्ने, उनीहरूको मनको कुरा थाहा पाउने काम गर्नुपर्छ । बच्चाहरूसँग साथीवत रूपमा काम गर्नुपर्छ ।

    बच्चाहरूलाई होमवर्क गराउनु पर्छ । उनीहरूलाई मोबाइल नदिएर राम्रो राम्रो किताब पढ्न

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *