तपाई जिम जानु हुन्छ भने यी कुरा थाहा पाई राख्नुस।

    अहिलेको पछिल्लो पुस्तामा जीम जाने ट्रेन्ड नै बनेको छ । जीम गइएन भने फिट भइँदैन भन्ने अवधारणा नै विकास भइसकेको छ ।

    त्यसमाथि अहिलेका अभिभावकहरूले बच्चाको जन्मे देखी नै जङ्क फुड खुवाउन थाल्दछन् । र बच्चाहरू हुर्कँदै जाँदा घरको खाना भन्दा बाहिर क्याफे, रेस्टुरेन्टका मसालेदार खाना खान रुचाउँछन् ।

    यसकारण पनि मोटोपना बढिरहेको छ । जसकारण जिम जाने व्यक्तिहरूको बाहुल्यता निकै बढिरहेको छ । र मोटोपना घटाउन मात्रै जिम जाने हुँदैनन् ज्यान नलागेका,निकै दुब्ला मानिसहरू पनि वजन बढाउन जिम जाने गर्दछन् ।

    वास्तवमै भन्नुपर्दा अहिले आएर जिम जाने प्रवृत्ति देखासिकी जस्तै बनिसकेको छ । समग्रमा भन्नुपर्दा कोही बुझेर जाने छन्, कोही अरूले भनेको सुनेर जानी छन् त कोही टाइम पास अर्थात् गईदिमन त के परिवर्तन हुँदो रहेछ भनेर जानेहरू नि छन् ।

    यसकारण सबैमा जिम जानुभन्दा अघि केही खाएर जाने अथवा नखाई जाने, जीम गएर आएपछि के खाने, जीम जोईन गरेर दैनिक रूपमा नगए अथवा २–४ महिना गएर छोड्यो भने के–कस्तो असर र परिवर्तन आउँछ भन्ने सन्दर्भमा अनविज्ञ छन् । आज हामी तपाईँलाई यही विषयमा जानकारी गराउँछौ ।

    सामान्यतया १८ वर्ष पार भएका एडल्ट व्यक्तिहरूले जिम जोईन गर्नु राम्रो हो । अर्को कुरा भने तपाईँको शरीर र शारीरिक बनावटमा शारीरिक समस्यामा मा पनि यो कुरा भर पर्छ । यदि तपाईँलाई कुनै दिर्घरोग छैन, केहीको भर्खर शल्यक्रिया गरिएको छ भने पनि जीम गएर कसरत गर्नुहुँदैन ।

    यस्ता बिरामीहरू कसरत गर्दागर्दै हर्ट अट्याक भएर मिर्गौला सुन्निएर ज्यान गएको हामीले आँखै अघि देखेका छौ । जीमखाना गएर भारी तौल भएका जीमसाधनहरु उठाउनुपर्ने हुन्छ जसका लागी १८ वर्ष मुनिका बालबालिकाहरूले सक्दैनन् ।

    यस्ता मान्छेहरू जिम नै जानुपर्छ भन्ने छैन घरमै स्पोर्टस्हरुमा सामेल भएर दैनिक एक घण्टा व्यायाम गरेर पनि तौल घटाउन बढाउन सकिन्छ । र अर्को भनेको जीममा पहिलेनै पैसा पे गर्नुपर्छ पैसा तिरिसकेपछि दैनिक रूपमा गइन्छ या व्यायाम गर्ने राम्रो बानी बस्छ  ।

    कस्ता मानिसहरूले जीम जाने ?

    रहरको लागी अरूको लागी अरूले भन्दिएर जीम जाने नगर्नुहोला । आफ्नो लागी हो म मेरो लागी आफैले सोचेर गइरहेको छु भन्ने सोच राखेर मात्रै जीम जोईन गर्नुहोला । ट्रेन्ड छ लाईफस्टाईल देखिन्छ भनेर समय खेरा नफाल्नुहोस् । अरूले भनेको सुनेर लहैलहैमा लागेर जानेहरूले जीम जाँदाजाँदै बिचमै क्वीट गरेर बस्ने हुन्छन् ।

    आफ्नो लागी सोचेर जानेहरू भने एकीकृत भएर रेगुलर वेसमा जाने हुन्छन् । अर्को भनेको आफूले आफ्नो स्वास्थ्यको चिन्ता लिएर म घरमा बसेर समय दिन भ्याउँदिन, घरमा ईन्सट्रुमेन्ट छैन, कुनै स्पोर्टस्मा पनि सहभागी नहुने मानिसहरू जीम जाने हो । तर मेडिकल जाँचमा खराबी देखिएका, भर्खर शल्यक्रिया गरेका मानिसहरू भने सजग रहनुपर्छ ।

    जीम जोईन के का लागी गर्ने ?

    खासमा हाम्रो समाजमा यससम्बन्धी निकै गलत बुझाई छ । वास्तवमा तौल घटाउने भन्ने बित्तिकै मसल्स घटाउने होइन फ्याट घटाउने हो । शरीरमा भएको नकारात्मक असर देखाउने फ्याट घटाएको राम्रो हो । तर जीममा के हुन्छ भने हेभी कसरत गर्दा राम्रो फ्याट पनि जान्छ, कति जनाको मसल्स पनि घट्ने हुन्छ ।

    मानिसहरू जिम जोइन गरेपछि एकैपटक जस्तै १०० केजी तौल भएको मान्छे ७०–६० मा पुग्न चाहन्छन् यसले गर्दा स्किन पुरै लुज हुने समस्या हुन्छ । सो यसरी तौल घटाउन पनि भएन ।

    तौल बढाउन जानेहरूलाई पनि जिमले निकै सहयोग गर्छ । जस्तै कसैलाई भोक नलाग्ने समस्या हुन्छ, व्यायाम गर्ने बानी भएपछि फ्रेसनेस आउँछ र खाना रुच्ने, खाइरहन मन लाग्ने पनि हुन्छ यस्तो गर्दा वजन बढ्ने हुन्छ । र केही व्यायमहरुले शरीरको मेटाबोलिजम पनि बढाउँछ । शरीरको पोस्चर पनि आकर्षक र स्फूर्त बनाउँछ ।

    यसका फाइदाहरू 

    –तौल घट्छ, शरीर सन्तुलित र स्फूर्त हुन्छ

    – स्वस्थ राख्छ

    –तनाव कम गर्छ

    –आनन्दको अनुभूति गराउँछ

    –आत्मविश्वास बढाउँछ

    –निद्रा लगाउँछ

    –शक्ति बढाउँछ

    –कुलत नियन्त्रण गर्न सघाउँछ

    –यौन क्षमता बढाउँछ

    नकारात्मक पाटो 

    –बढि पेन हुन्छ

    –शुरुमै कडा व्यायामबाट शुरु गर्नु हुदैन बिस्तारै  बढाउँदै लैजानुपर्छ ।

    –कतिलाई सकस हुने, सास फेर्नै गाह्रो हुन्छ, यस्तै हृदयघात हुने मुटु–मिर्गौलामा समस्या हुने गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *