काठमाडौँ, २३ कात्तिक । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ति (बिइइएन) परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बिइइएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उहाँले महानगरपालिकाको निम्ति बिइइएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाको निम्ति बिइइएन परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने छ । आजको यो वर्कसपबाट निश्चित तवरले ललितपुर महानगरपालिकाको निम्ति र यो क्षेत्रको लागि प्रष्ट हुने गरी एउटा कार्यदिशा निर्धारण हुने गरी एउटा टेक्निकल पेपरको तयारी होस् । हामीले त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौँ ।’
साथै, उनले कुनै पनि काम गर्दा बटम लाईन निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाभित्र रहेका सम्पदाहरुलाई विकासको नाममा विनाश गर्न नहुने बताउनुभयो ।