ट्रिपर दुर्घटनामा चालकको मृत्यु

मकवानपुर, २१ मंसिर । मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाँक्रीडाँडा नजिक निर्माणाधिन तराई–काठमाडौँ द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्रावेल लोड लिई जाँदै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भइ सडकबाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *