ज्योति समूह औपचारिक रुपमा अलग

काठमाडौँ, ३० मंसिर । कम्पनिमाथिको नेतृत्व विवाद र सम्पति बाँडफाँडले १०४ वर्ष पुरानो ज्योति ग्रप आइतबारदेखि औपचारिक रुपमा अलग भएको छ ।

भाइ रुप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले अलग्गै समूह सुरू गरेका छन् । उनले आफ्नै नाममा आइतबार पद्म ज्योति समूह घोषणा गरेका छन् । समूहको लोगो पनि सार्वननिक गरिएको छ । पद्म ज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन् । यसअघि ज्योति समूहका प्रमुख सदस्यहरूमा पद्म ज्योति र रूप ज्योति रहेका थिए ।

समूहका अध्यक्ष पद्म ज्योतिले ज्योति परिवारको नयाँ पुस्ताको नेतृत्वमा स.चालन हुने पद्म ज्योति ग्रुप रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ज्योति परिवारका नयाँ पुस्ताको नेतृत्वमा यो पद्म जयोति ग्रुप सकारात्मक परिवर्तन हासिल गर्दै स्थानीय उद्यमशीलतालाई बढवा दिन रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने छ ।’ ‘यो परिवर्तन केवल नामको मात्रै नभई विकास, उतकृष्टता र समुदाय सशक्तिकरणमा हाम्रो प्रतिबद्धता छ’, उहाँले थप्नुभयो ।

अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको पनि खुलाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पद्म ज्योति परिवारमा हामीले पाँच वर्ष अगाडि नै पारिवारिक विधान बनाएका थियौँ । जसले हामीलाई उचित मार्गदर्शन दिन महत्त्वपूर्ण भूमिका खेल्छ ।’

समूहअन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *