काठमाडौँका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौँ, १ पुस । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।

२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौँ नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौँका पहिलो मेयर हुन् । सिंहको निधनमा काठमाडौँ महानगरले शोक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *