ध्यान मावन जातिको कल्याणका निम्ति सकारात्मक छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ ।

विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।

संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ, ध्यान मावन जातिको कल्याणका निम्ति यस दिवसलाई मनाउँदै जानुपर्छ, वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ ।’

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *