काठमाडौँ, १८ पुस । काठमाडौँ आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका लोक विजय अधिकारीका अनुसार १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रबिन्दु स्थलको ५० किलोमिटर आसपाससम्म धक्का महसुस गराएको थियो ।