ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

रौतहट, २० पुस । रौतहट प्रहरीले १६ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहट र मातहतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । रौतहट प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय जितन महतो नुनियालाई पक्राउ गरिएको छ ।

प्रहरीले महतोलाई अदालतबाट जारी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ परेका महतोले २०६५ पुष २४ गते आफ्नै भाइ हरिराम महतो नुनियाको श्रीमती २२ वर्षीया शारद देवीको हत्या गरी बेपत्ता बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको उल्लेख छ ।

रौतहट प्रहरीका अनुसार घटना भएको तेस्रो दिन खेतबारीमा गाडेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनापछि फरार रहँदै आएका नुनियालाई यही पुष १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

पक्राउ परेका नुनियालाई जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *