सबैले काम गर्ने तरिका परिवर्तन गर्नुपर्छ : मन्त्री गुरूङ

काठमाडौँ, २० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले काम गर्ने तरिका सबैले परिवर्तन गरे मात्र विकास हुने बताउनुभएको छ ।

शनिबार दिगो पर्यटन सहकारी संस्था लिमिटेडको १४औँ बार्षिक साधारण सभामा बोल्नुहुँदै उहाँले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो कर्मचारी, सरकारमा रहेका हरेक व्यक्ति र प्रहरी प्रशासनले गर्ने जुन कामको तरिका छ त्यो तरिकाको शैली परिवर्तन गर्नुपर्छ । त्यसपछि मात्र विकास हुनसक्छ । नयाँ व्यवस्था र पुरानो व्यवस्थामा काम गर्ने तरिका मिलेको छैन । सरकारमा छौँ सरकारमा जाने मान्छेहरु जुनसुकैले पनि आर्थिक सामाजिक रुपान्तरणका लागि काम गर्ने तरिका र नीतिगत तरिकाहरुमा ध्यान दिएको अवस्था छैन । अहिलेसम्म कुनै सरकारले ध्यान दिएको छैन ।’

साथै उहाँले हाम्रो देशको कानुन निर्माणहरु नै बिग्रेको अवस्था भएको बताउनुभयो । उहाँले राज्यले एउटा मात्र मूलभूत पोलिसीलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *