जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन् : गगन थापा

जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन् : गगन थापा

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका महाहन्त्री गगन कुमार थापाले कुनै पनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताउनुभएको छ ।

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौँ र लिएका छौँ, कोही पनि संघीयताप्रति उदार छैनौँ । एकदमै अनुदार छौँ । यसमा रुची छैन । मैले नयाँ दलहरु पनि हेरेँ, क्षेत्रीय दलहरु पनि हेरेँ । जसले बाहिर जे जे भने पनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन् ।’

उहाँले मधेस र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्त्व रहेको बताउनुभयो । उहाँले संघीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संघीयताको विषयमा बहस छलफल कि मधेस आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौँ । दुवै आन्दोलनको महत्त्व ठुलो छ । तर, अलिक फरक रुपमा पनि हेर्नपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’

कार्यक्रममा नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले संविधान कार्यन्वयनको विषय धेरै चुनौती र पेचिलो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ । यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्न स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्दथ्यो । त्यहाँनेर ल्याकिङ भयो । कार्यान्वयनमा चुनौती र पेचिलो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *