विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरुको हब बनाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौँ, २१ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरुका लागि विद्युत् प्राधिकरणलाई हब बनाउने बताउनुभएको छ ।

आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टर्नसिपका विद्ययार्थीहरुले प्राधिकरण चलाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो टेस्टिङ ट्रासफरहरु र वर्कसपहरु प्राय इन्टर्नसिपका विद्ययार्थीले नै चलाएका छन् । करिब १२/१५ सय जनाहरु इन्टर्नसिप हरेक लटमा चलिनै रहेको हुन्छ । इलेक्ट्रिकल इन्जिनियरहरुका लागि ६०/७० सिट लोकसेवामार्फत् विज्ञापन निकालेको छौँ । विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरुको अभाव छ । इलेक्ट्रिकल इन्जिनियरहरुका लागि विद्युत् प्राधिकरण एउटा ठुलो हब बन्छ, बनाउनुपर्छ ।’

उहाँले विद्युत् प्राधिकरणले विभिन्न ठाउँमा वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरु स्थापना गरेको बताउनुभयो । उहाँले स्थापना भएका ल्याबहरु अहिले अप्रेसनमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्युत् प्राधिकरणले प्रदेश/प्रदेशमा नेपालगञ्ज, बुटवल, विराटनगर, हेटौँडा काठमाडौँलगायतका ठाउँहरुमा हाम्रो वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरु हाइ भोल्टिङ टेस्टिङ ३३केभीसम्मको टेस्टिङ ल्यावहरुको स्थापना गरेर अहिले अप्रेसनमा छन् । विद्युत् प्राधिकरणले इन्टर्नसिपका लागि सबैका लागि हुनेगरी, इलेक्ट्रिकल इन्जिनियरहरु र इलेक्ट्रिकलसम्बन्धी तीन तह चार तहका जति पनि आउँछन् । इन्टर्नसिप खोलेका छौँ । खाजा भत्ता दिएर खोलेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *