रामेछाप, २३ पुस । रामेछापका सात हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीसमेत गरी ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।
छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमनपापिलोमा भाइरसविरुद्धको खोप लगाइने उहाँले बताउनुभयो ।
खोप कार्यक्रम दोस्रो चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरणअन्तर्गत माघ २२ देखि २४ गतेसम्म मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको छ ।
दोस्रो चरणको खोप माघ २८ देखि ३० गतेसम्म सञ्चालन हुने छ । दोस्रो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ ।
सुरुमा विद्यालयमै खोप केन्द्र सञ्चालन गरी किशोरीहरूलाई खोप लगाइने र अभियानको अन्तिम दिन नजिकको स्वास्थ्य संस्थाबाट खोप उपलब्ध कार्यालयले जनाएको छ ।