विकास निर्माण र पूर्वाधारका हिसाबले नेपाल अघि बढिसकेको छ : प्रधानमन्त्री ओली

विकास निर्माण र पूर्वाधारका हिसाबले नेपाल अघि बढिसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउनुभएको छ ।

बुटवल–गोरुसिङ्गे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधन सभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिनुहुँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताउनुभयो ।

उहाँले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गर्नुभयो ।

आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थ्रु हुनु एक उपलब्धि भएको बताउँदै उहाँले उच्च संकल्प र आँटका साथ देशको विकास हामीहरु आफैँले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरुको पनि साथ लिने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरुलाई बेवास्ता गरी एकताबद्ध भइ देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *