खुला सीमा सम्वाद समूहले गर्‍यो सीमा क्षेत्रको अवलोकन

खुला सीमा सम्वाद समूहले गर्‍यो सीमा क्षेत्रको अवलोकन

जनकपुरधाम, १४ माघ । नेपाल–भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ ।

वरिष्ठ पत्रकार चन्द्र किशोरको नेतृत्वमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा.राजिव झा, प्रवक्ता प्रमोद रंगिले, बाल अभियानी आदित्य झा लागायतको टोलीले विदेह नगरपालिका–२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशगढलगायत सीमा क्षेत्रमा अवस्थित ऐतिहासिक ठाउँहरुको निरीक्षण गरेको हो ।

सम्वाद समूहका अध्यक्ष डा.झा भन्नुहुन्छ, ‘निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल–भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखे । दुवै देशका युवाहरू दशगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए ।’

साथै, घाम ताप्दै त कोही जलावन सुकाउँदै गरेका दैननिकी गतिविधिहरू पनि देखिए । यस्तो दृश्यले नेपाल–भारत खुला सीमाको विशेष सम्बन्धलाई प्रष्ट पार्दछ, जहाँ सामान्यतः अन्य देशहरूको सीमामा बन्दुकसहितको कडा सुरक्षा हुने गर्छ ।

नेपाल-भारतको विशेषता भनेकै सीमा क्षेत्रमा रहेका किसानहरू र परिवारहरूको साझा सम्बन्ध हो । धेरै किसानका खेत खलिहानहरू दुवै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन् । यो सम्बन्ध सिमाना निर्धारण हुनुभन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको छ ।

यस निरीक्षण भ्रमणले खुला सीमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वहरु उजागर गर्दै नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत पुर्‍याएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *