‘आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्व-र्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा केहि मिठा भनाईहरु जानौ :
जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस । मर्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा । आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ ।
आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन. आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।
कुनैपनि परिवारमा हेरौं, जहाँ आमा विशेष हुन्छिन् । यदि आमा नहुँदो हो वा आमालाई आमाको महत्व नदिने हो भने, त्यो परिवार विथोलिन्छ । लथालिंग हुन्छ । भताभुङ्ग हुन्छ । परिवार, परिवार जस्तै हुँदैन । सबै आफुखुसी गर्छन् ।
परिवारको संभावित विखण्डनबाट बचाउँन आमाको उपस्थिती मात्र पनि काफी हुन्छ । जहाँ आमा हुन्छ, त्यहाँ आस्था, विश्वास र प्रेम हुन्छ । जहाँ आस्था, विश्वास र प्रेम हुन्छ, त्यहाँ परस्पर सम्बन्ध सुमधुर र मिठासपूर्ण हुन्छ ।
सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दु:ख-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम। सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्।
बाँचुन्जेल माताको सेवा गर्न पाउनु छोरा–बुहारी, छोरी–ज्वाइँ तथा नातिनातिनीहरूको ठूलो सौभाग्यको कुरा हो। पूर्वजन्मको सञ्चित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ। छोराछोरी, नातिनातिना ज्वाइँ–छोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर स्वर्गसमान हुन्छ। स्वर्गमा सुखमात्रै पाइन्छ तर यस धर्तीमा त साना–ठूला सबैले सबैको माया–ममता र सान्निध्य पाइन्छ।