चिसो मौसममा छालाको लागि कुन क्रीम राम्रो हुन्छ ?

    चिसो मौसममा छालाको लागि कुन क्रीम राम्रो हुन्छ ?

    चिसो मौसममा छालाको समस्या बढी देखिन्छ । चिसो मौसमले गर्दा छालामा मोस्चरको मात्रा घटदै जाने भएकाले यो समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । तापक्रम र आद्रताको कमीका कारणले गर्दा,छाला फुस्रो हुने,सुन्निने,सुख्खा र ओठ फुट्ने, नमी कायम राख्न गाह्रो हुन सक्छ हुन्छ । जाडोमा शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुने हुँदा छालामा यस्ता समस्याहरू देखिन गर्छन ।

    जाडोमा छालामा देखिने समस्याहरूः

    जाडोमा छालामा सुख्खापन आउने ।
    जाडोमा चिल्लो पदार्थ घट्ने हुँदा हातखुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखापर्छ ।
    जाडोमा सोरियासिस (कत्ले रोग) गर्मीमा भन्दा जाडोमा बढिदेखिने गर्छ ।
    छाला सुक्खा हुने भएकाले छालामा एलर्जी हुने ।
    हातखुट्टाका औंलाहरु रातो हुने, सुन्निने, पानी फोका र पिपका फोकाहरु आउने ।
    चिसोले गर्दा चायाको समस्या बढि हुने ।

    चिसो मौसममा छालाको लागि कुन खाना राम्रो हुन्छ ?

    छाला स्वास्थ्य राख्नका लागि सन्तुलित एवं पौष्टिक खानेकुराको आवश्यक पर्छ । केही खानेकुराबाट सेन्सेटिभ स्किनमा एलर्जी हुन्छ त्यसैले यस्ता खानेकुराको पहिचान गरी त्यस्ता खाना बाट टाढै रहनुपर्छ । चिसो मौसममा यि खानेकुरा खान सकिन्छ ।

    स्ट्रबेरी : स्ट्रबेरीमा भिटामिन सी, एन्थोसायनिन्स, फेनोलिक एसिड र फ्लेभोनोइड्स जस्ता छालाको स्वास्थ्य प्रवर्द्धन गर्ने तत्वहरू प्रशस्त हुन्छन्।
    किम्ची : किम्चीमा पोषण हुने भएकाले पेट स्वस्थ राख्न र छालाको लागि राम्रो हुन्छ ।
    सुन्तला : सुन्तलामा भिटामिन–ए पाइने भएकाले छालाका लागि राम्रो हुन्छ ।
    त्यसतै चिसो मौसममा छालाका लागि सूर्यमुखीको बीउ, हड्डीको ब्रोथ, अंग मासु, शेलफिस, ब्रोकाउली जस्ता खानेकुरा खान सकिन्छ ।

    चिसो मौसममा मेकअप कसरी गर्ने ?

    मौसम अनुसार आफनो छालामा प्रयोग हुने मेकअपको सामान बदलि राख्नु पर्छ । जाडोमा हाइड्रेटिंग खालको किलिन्जर तथा मोस्चराइजिङ क्रिम को प्रयोग गर्नु पर्छ ।

    मोस्चराइजिङ क्रिम को प्रयोग गर्ने
    वाटरप्रूफ मास्क र कोहल प्रयोग गर्ने।
    दैनिक लिप बामको प्रयोग गर्ने।
    मेकअपलाई पाउडरले ट्याप गर्ने । जसले गर्दा मेकअप अझ राम्रो देखिन्छ।
    मोस्चराइजिङ क्रिमले गर्दा अनुहारलाई नरम, कोमल र ओसिलो बनाउन मद्दत गर्दछ।
    मेकअपका लागि प्रयोग गर्न सक्ने सामाग्रहरु : क्रिम वा लिक्युड फाउन्डेसन, लिक्युड हाइलाइटर, क्रिम ब्लश वा मूस ब्लश, क्रेयोन वा जेल आई कलर, र ओठको मोइस्चराइजिङ कलर वा लिप बाम, सनस्क्रिन, लोसन प्रयोग गर् सकिन्छ ।

    सबैको छाला एउटै प्रकृतिको हुदैन । सबैभन्दा पहिले आफ्नो शरीरको छालाको प्रकृति कस्तो छ भन्ने कुराको थाहा हुनुपर्छ। अनुहारमा आफनो खुसि मेकअप प्रोडक्ट प्रयोग गर्नुभन्दा छाला बिशेषज्ञको सल्लाहमा छालाको प्रकृति अनुरुप मेकअप प्रोडक्ट प्रयोग राम्रो हुन्छ । सथै छाला सम्बन्धि केही समस्या देखा परे छिट्टै छाला रोग विशेषज्ञसँग परार्मश लिई उपचार गर्ने ।