मुटु कसरी जोगाउने ?

    मुटु कसरी जोगाउने ?

    पछिल्लो समय नेपालमा मात्र नभएर मुटु रोग विश्वव्यापी समस्याको रुपमा देखा परेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार हरेक बर्ष विश्वका दुइ करोड अर्थात ३० प्रतिशत मानिसको मृत्यु मुटु सम्बन्धी रोगबाट हुने गरेको छ ।

    हरेक बर्ष लाखौंको संख्यामा ज्यान लिने मुटु सम्बन्धी रोगबाट छुटकारा पाउन खानपानमा ध्यान दिनुका साथै शारिरिक व्याम गरे पुग्छ । तर मानिसले सामान्य हेलचेक्राइका कारण अकालमा मृत्युवरण गरीरहेका छन् ।

    पछिल्लो समय मुटुरोग सम्बन्धी समस्या लिएर अस्पताल पुग्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

    नेपालमा मात्र नभएर विश्वका हरेक मुलुक मुटुसंग सम्बन्धी समस्याबाट ग्रसित छन् । हाल नेपालमा झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु सम्बन्धी रोग पाइएको छ ।

    सरकारी तथ्याङक अनुसार नेपालका ३० प्रतिशत वयस्क उच्च रक्तचापको सिकार भएका छन् ।

    ति मध्ये २० प्रतिशत कोलेस्टेरोलकाट ग्रसित छन् भने १० प्रतिशत मधुमेह बाट ।

    विश्व मुटु महासंघका अनुसार हरेक बर्ष दुई करोड मानिसको मृत्यु मुटुको रोगबाट हुने गरेको छ ।

    यी मध्ये ८० प्रतिशतभन्दा बढी मानिस विकासोन्मुख र अविकसित राष्ट्रका छन् । विगतको तुलनामा पछिल्लो समय मुटु रोगले विकराल रुप लिँदै गएको छ ।

    १९ औं शताब्दीमा संक्रामक रोग र कुपोषणका कारण ज्यान गुमाउने गरेका थिए । २० औं शताब्दीको सुरूवात सम्म पनि मुटु रोगबाट ज्यान गुमाउनेको संख्या १० प्रतिशत भन्दा कम रहेको थियो ।

    त्यस्तै,२१ औं शताब्दीमा आइपुग्दा सम्म विकसित राष्ट्रहरूका करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रका २५ प्रतिशत मानिसले मुटुरोगबाट ज्यान गुमाउने गरेका छन् ।

    आधुनिक जीवनशैली, अस्वस्थकर खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञको भनाइ छ ।

    जाँडरक्सी, सुर्ती चुरो चिल्लो, पिरो बोसो रहित खानेकुरा कम गर्नूका साथै दैनिक शारीरिक व्यायाम गर्नले मुटु रोगबाट छुटकारा पाउन सकिने छ ।

    साथै चिकित्सकले मुटु सम्बन्धी समस्या भएनभएको एकिन गर्नका लागि हरेक मानिसले प्रत्यक बर्ष बर्षमा एक पटक मुटुको जाँच अनिर्वाय गराउन समेत सुझाएका छन् ।

    विश्वव्यापी रुपमा बढ्दौ गएको मुटु रोगलाई मध्येनजर गर्दौ विश्वस्वास्थ्य संगठनले सावधानि अपनाउन अपिल गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर जयान गुमाउनेको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ ।

    साथै सन् २०३० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूमा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने प्रक्षपण गरेको छ ।