आध्यात्मवादीका अनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बोतलमा भन्दा मनमा हुने गहिरो चिन्तनका भित्र हुन्छ ।
आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरु अनिन्द्राको पीडा रहेका हुन्छन् । राम्रो निन्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ ।
एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ ।
पुराणमा बताइए अनुसार यो सुत्न अघि उच्चारण हुने एक मन्त्रमात्र नभएर एक नारायण कवचको रुपमा तपाई रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती हुने छ ।
यस्तो छ मन्त्र–
जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।
यो मन्त्रको अर्थ यस्तो छ– हे भगवान विष्णु जलमा वाराह देवता पृथ्वीमा वामन रुपमा मेरो रक्षा गर्नुहोस् आकाशमा नरसिंह भगवानले रक्षा गरुन् भने केशव भगवानले सवै दिशामा मेरो रक्षा गर्नुहोस् ।
यदी तपाईले सुत्ने समयमा यो मन्त्र जप गर्नुभयो भने घरबाट नकारात्मक शक्ति हट्ने धार्मिक मान्यता रहेको छ भने यो मन्त्रको जपले निन्द्रा राम्रो लाग्नुका साथै सपना पनि राम्रो देखिने छ ।
के तपाईँले सुत्नु अघि नुहाउने बानी राख्नु भएको छ ? सम्भ वत नहोला । भएपछि त राम्रो । तर यो कुरा भन्दा पहिले तपाई एउटा कुरा थाहा पाईराख्नुहोस् । तातोपानीले नुहाउँदा रक्तसञ्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ । तर चिसो पानीले नुहाउँदा रक्तसञ्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।
त्यसैले सबैभन्दा पहिले सुहाउनको लागि चिसो पानी रोज्नुहोस् । चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्ने आयुर्वेदिक दृष्टि छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ । यसका साथै शारीरिक सौन्दर्य पनि कायम रहने हुन्छ ।
एउटा महत्पवूर्ण कुरा, राती सुत्नुअघि नुहाउनु हो । राती सुत्नुअघि नुहाउनाले हामीलाई हुने फाईदाहरु के–के छन् त ? हेर्नुहोस् हामीले तल उल्लेख गरेका छौँ ।
१. राती सुत्नुअघि नुहाएमा दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ । सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान पनि ठीक रहन्छ ।
२. यदि तपाईमा मोटोपना छ भने सुन्तुअघि नुहाउनु भयो भने क्यालोरी खपत भएर सजिलै तौल कम गर्न गर्न सकिन्छ ।
३. चिसो पानीले नुहाएमा कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । गालामा डन्डीफोर छन भने पनि चिसो पानीले नुहाउनुपर्छ । यसबाट छाला रुखो हुनबाट बच्छ ।
४. चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ र रक्त सन्चार पनि राम्रो हुन्छ । तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्ने हुन्छ ।
५. एक अध्ययन अनुसार नुहाउँदा मुड फ्रेस हुन्छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो ।
६. तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाएमा उच्च रक्तचापमा कमी आउँछ ।
७. तातोपानीमा नुहाएमा ब्लड सुगरको स्तर कम हुने अमेरिकन डाइबिटिक एशोसियसनले देखाएको छ । यसले राती राम्रो निन्द्रा पनि लाग्छ ।
८. रातको समय नुहाउँदा दिनभरको धुलोमाटो र मैले सफा हुन्छ । दिनभरिको फोहर लिएर सुत्दा तपाईंको निद्रामा समस्या आउन सक्छ । यसैगरी छालासँग सम्बन्धित एलर्जी पनि हुन सक्छ । त्यसैले राति सुत्नुअघि नुहाउनु राम्रो हुन्छ।
नुहाउनु भन्दा पनि जरुरी त सुत्नुअघि अनुहार धुनु हुन्छ । किनभने यस्तो गर्ने गरिएन भने दिनभरिको फोहरका कारण अनुहारमा खटिरा आउन सक्छन् ।