हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको मौसम !
Related Posts
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दै छ : मन्त्री पौडेल
काठमाडौँ, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै...
नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौती देखिएको छ : मन्त्री सिंह
काठमाडौँ, १३ मंसिर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले...
डोरिन्द्रराज दाहाल भन्छन्- ‘इन्स्योरेन्स–बैँकबीच नङ र मासुको सम्बन्ध हुन्छ’
काठमाडौँ, १३ मंसिर । कामप्रति समर्पणभाव, अथक मेहनत र लगनशीलताको...