चितवनको विजयी सुरूवात, काठमाडौँ ५ विकेटले पराजित

चितवनको विजयी सुरूवात, काठमाडौँ ५ विकेटले पराजित

काठमाडौँ, १७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हराएको छ । सोमबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो ।

चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

काठमाडौँका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।

त्यसअघि सोहेन तान्भिरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

काठमाडौँका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहेल तान्भिरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एक-एक विकेट लिए ।

आजै हुने अर्को खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *