मुगुमा अर्को निकुञ्ज वा शिकार आरक्षण बनाउने तयारी


दान बहादुर बुढा

मुगु, ९ पुस । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुञ्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ ।

सोमबार नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लाको मुगुम कार्मारोङ्ग गाउँ पालिकामा पर्ने १२ बस्तीभित्रका केही भू–भाग समेटेर निकुञ्ज वा शिकार आरक्षण कुन उपयुक्त हुन्छ सोही हिसाबले काम अघि बढाउनका लागि अध्ययन गर्ने कार्यदल बनाउनुभएको हो ।

जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाले गाउँ सभाबाट निर्णय गर्दौ से फोक्सुण्डो राष्ट्रिय निकुञ्जले गाउँपालिकाभित्र ओघटेको भूभागसहित अन्य भूभाग समेटेर शिकार आरक्ष वा संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज बनाउन निर्णयसहितको कागजात मन्त्रालयमा पेस गरेको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभास चन्द्र रावलले बताउनुभयो ।

कार्यदलले अध्ययन गरेर के उपयुक्त ठान्छ सोहीअनुसार मन्त्रालय प्रक्रिया अघि बढ्ने वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले बताउनुभयो । से फोक्सुन्डो राष्ट्रिय निकुन्ज इ.सं. १९८४ मा स्थापना भएको निकुञ्ज हो । यसको कुल क्षेत्रफल ३ हजार ५५५ वर्गमिटर रहेको छ । निकुञ्जले पालिको ८२९ वर्ग किमी क्षेत्र ओगटेको छ ।

मुगुम कार्मारोङ क्षेत्र वन्यजन्तुहरुको प्रमुख बासस्थान र आहार क्षेत्र मानिन्छ यहाँ विभिन्न जातिका वन्यजन्तुहरु पाइन्छन् । बथानका बथान वन्यजन्तु, चराचुरुङ्गी, हिमाल, तालतलैया, मुगु नदी, विभिन्न कोणमा सजिएका हिमाल देखिने भएकाले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यो क्षेत्रलाई खुला वन्यजन्तुहरु सहजै रुपमा देख्ने गरेको पाइन्छ । नेपालकै सानो रारा राष्ट्रिय निकुञ्ज पनि मुगुमै छ ।

मुगुम कार्मारोङ्ग गाउँपालिकाको केही भाग समेटेर राष्ट्रिय निकुञ्ज वा शिकार आरक्षण बने जिल्लामा दुईवटा संरक्षित क्षेत्र हुने छन् । नयाँ बन्ने निकुञ्ज वा शिकार आरक्षण क्षेत्रभित्र तामाखानी र डोल्फु कर्णाली नदी पर्ने छ ।

उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, चौँरीगाई, हिम चितुवा, नाउर, थार, रतुवा डाँफे, मुनाल, कालीजलगायतका विभिन्न प्रजातिका वन्यजन्तु र चरचचुरुङ्गी पाइन्छ । त्यस्तै, विश्वका चार धाममध्ये एक धाम छायाँनाथ धाम यही क्षेत्रमा रहेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *