काठमाडौँ महानगरका सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्छन् : शैलेन्द्र झा [भिडिओ]


प्रमिला कार्की

काठमाडौँ, १२ माघ । काठमाडौँ महानगरपालिकाले शिक्षा क्षेत्रमा नमुना र उत्कृष्ट परिणाम दिनेगरी काम गरिरहेको छ । महानगरले विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेको छ । यसमा चारवटा आयाममा मुख्य रुपमा काम गरिरहेको छ । पहिलो कुरा भनेको विद्यार्थी सुरक्षा हो । सुरक्षित हुनका लागि भौतिक संरचनामा लगानी हो । लगानी चाहीं प्लानिङको बेसमा गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले काम गरिरहेका छौँ । अहिले एसएसमेन्टको माध्यमबाट विद्यार्थीको लागि विभिन्न मापदण्डहरु फलो गरेर काम गरिरहेका छौँ । बिल्डिङको स्टकचर तयार भइसकेपछि विद्यार्थीको लागि टिचिङ लर्निङका लागि स्रोत जुटाउने प्रयास भएको छ ।

विद्यालयमा विशेषगरी विद्यार्थीहरुको सिकाइ गतिविधिलाई पर्याप्त मात्रामा गराउन आइसिका टुल्सहरु, किताबहरु, पुस्तकालय निर्माण, विज्ञान, गणितका ल्याबहरु, सोसल गतिविधिका सेवा सुविधाहरु उपलब्ध गराउनुपर्छ भन्ने मान्यता राखेका छौँ । गर्भनेन्स र म्यानेजमेन्ट पारदर्शी हुनुपर्छ भन्नेमा दृढ छौँ ।

यसमा शिक्षण सिकाई विधिलाई महत्त्वपूर्ण मानेका छौँ । शिक्षकमा लगानी गर्दा पेडागोजीमा पनि इन्भेस्ट गर्नुपर्ने हुन्छ । जहाँ शिक्षकको क्षमता वृद्धि हुन्छ । शिक्षक विधि सँगसँगै विषयवस्तुको पनि ज्ञान विद्यार्थीलाई राम्रोसँग दिनुपर्ने हुन्छ । कतिपय विषयवस्तुमा कुराहरु परिमार्जन भइरहेका हुन्छन् । नयाँ करिकुलमका मापदण्ड अनुसार चाहिँ शिक्षक तयार रहनुपर्छ भन्ने हो । हामीले आफ्नो कन्टेनलाई पनि नयाँ करिकुलनमको विधिसँग मिलाउनु सक्नुपर्छ ।

काठमाडौँ महानगरपलिकाले ‘बुक फ्रि फ्राइडे’ भन्ने अवधारणा अघि सारेको छ । जसमा पाँचवटा स्तम्भ रहेका छन् । बुक फ्रि फ्राइडे फाउण्डेसनले पाँचवटा स्तम्भलाई सेटप गर्नेगर्छ । पाँचवटा स्तम्भहरुमा शिक्षकलाई महानगरले तयारी अवस्थामा नै राखेको छ । शिक्षकको लागि पूर्णरुपमा लगानी गर्‍यौँ भने त्यसको उपलब्धि विद्यार्थीहरुमा देखिन्छ । त्यसैले महानगरले विद्यार्थीहरुको लागि इन्गेज गरिरहेको छ । शिक्षकलाई विधिमा मात्र सीमित राख्दा आइटी अथवा कन्टेन डेलिभरीमा पनि शिक्षकहरुलाई इन्गेज गरिरहेका छौँ । यसको लागि शिक्षक–कलेज कार्यक्रम, टिचर कलेज कार्यक्रम पनि गरिरहेका छौँ । यसले शिक्षकलाई निरन्तर अध्ययन गर्ने वातावरण सिर्जना समेत गरिरहेको छ ।

काठमाडौँ महानगरमा हाल ८७ वटा सामुदायिक स्कुल रहेका छन् । त्यसमा तीनवटा विद्यालय जेलभित्र छन् । जेल भन्नाले १८ वर्षभन्दा माथि उमेर भएका जुन कारागारमा जानुहुन्छ उहाँहरुका लागि विद्यालय व्यवस्था गरेका छौँ । जिम्मेवार नागरिक बनाउनका लागि जेलभित्र पनि विद्यालय बनाएका हौँ । एउटा महिला कारागारमा छ जुन बेसिक लेबलको विद्यालय छ । अर्को पुरुष कारागारमा छ त्यो पनि बेसिक लेबलको विद्यालय नै हो । काठमाडौँ महानगरसँग चारवटा स्पेसल स्कुल छन् । यतिबेला ८ लाख ५० हजार विद्यार्थीहरुको संख्या छ ।

काठमाडौँ महानगरपालिकाभित्र कक्षा १० सम्मका विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरेका छौँ निःशुल्क रुपमा । विद्यालमा नर्सको व्यवस्था छ हेल्थ सपोर्टको लागि । ल्याबहरु छन् । आफूले सिकेका जानेका कुरा त्यहाँ प्रयोग गर्नुहुन्छ । आइटी ल्याब छ । विद्यालयमा नयाँ इनोभेटिभ विद्यालयहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरेको छौँ । शुक्रबारको दिन अलग्गै कार्यक्रमहरु छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरु ३५ वटा विधाहरु छन् जसमा आफ्ना इच्छा अनुसार सहभागी गराउन सकिन्छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइमा सेफ्टी कल्याणमा एकदम धेरै फोकस गरेको छौँ । त्यसका लागि शिक्षकमा लगानी गरिरहेका छौँ । विद्यालयको सरसफाइमा पनि उत्तिकै ध्यान दिएको छौँ । डि क्लिनिङमा एक्स्पर्ट संघ संस्थाहरुलाई ल्याएर पनि काम गरिरहेको छौँ । हराभरा गराउने काममा लागेका छौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यार्थीहरुले अझै राम्रो सिकाइ पाइराख्नुभएको छ ।

विद्यालयहरुको मूल्याङ्कन र वर्गीकरणका विभिन्न पाटोहरु छन् । एउटा एसइईको पाटो भयो, त्यसबाट पनि वर्गीकरण गर्छौँ । विद्यागर्थीको अहिले महानगरपालिकाले नै जाँच लिइरहेको छ । पहिला स्कुल स्कुलले जाँच लिने गर्दथ्यो । अहिले नयाँ अभ्यास गरेका हौँ । प्रश्नपत्र चाहिँ सेन्ट्रलाइज रुपमा बन्छ । विद्यालयको सिकाइ, इन्ट्रनसीप ग्रेड पनि हेरिरहेका छौँ । विद्यालयमा सफा पानीको अवस्था पनि हेर्छौँ । कक्षाकोठाको अवस्था पनि मूल्याङ्कन गर्छौँ । सँगसँगै शिक्षहरुले इनोभेटिभ अभ्यासहरु पनि हेर्छौँ । बजेटको सदुपयोगको अवस्था पनि हेर्ने गरेका छौँ । जंक फुडलाई हामीले पूरै हटाएका छौँ । यस्ता विविध क्षेत्रलाई विद्यालयको मूल्याङ्कन गरिरहेका हुन्छौँ ।

काठमाडौँ महानरपालिकाभित्र निजी र सामुदायिक विद्यालयमा खासै फरक छैन । पछिल्लो एसइईको रिजल्ट हेर्दा सामुदायिक विद्यालयको ७८ प्रतिशत विद्यार्थीले बी अथवा बीभन्दा माथि ग्रेड ल्याएको पाइन्छ । निजी विद्यालयको पाएको तथ्यांक जुन छ त्यसको ८८ प्रतिशतदेखि ९० प्रतिशत बी अथवा त्योभन्दा माथि ग्रेड ल्याएको पाइएको छ । एसइईलाई हेर्दा १० प्रतिशत सामुदायिक विद्यार्थी तल देखिन्छन् ।

हाम्रो लगानीअनुसार आगामी दुई वर्षभित्रमा ग्रेडका आधारमा बराबर हुने छौँ । त्यसमा निजी र सामुदायिक दुवैको राम्रो बनाउने प्रयास हुने छ । अहिले काठमाडौँ महानगरपालिकाले पूर्वाधार मूल्याङ्कन गरेर विद्यार्थीको सेफ्टी पाटोलाई पनि हेरिरहेका छौँ । पूर्वाधार मूल्याङ्कनको मापदण्डहरु निजीमा लागु नभएको पनि पाइएको छ । त्यसैले पूर्वाधार मूल्याङ्कनको पाटोमा अलिक बढी खुसी छौँ । कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था गरेका छौँ ।

सामुदायिक विद्यालयका विद्यार्थीले निःशुल्क रुपमा पढ्न पाएका छन् । जाँचको पैसा पनि तिर्नु पर्दैन । खाजा पनि दिएका छौँ । त्यसमा पनि स्थानीय खानाहरुलाई कसरी प्रमोट गर्न सक्छौँ भनेर काम पनि गरेका छौँ । बाहिरको खाना र जङ्फुड स्कुलमा दिदैँनौँ ।

यस्तो कुरा संस्थागत स्कुलमा पनि होला तर सामुदायिकमा पूर्ण रुपमा नै छ । संस्थागतको पाटोमा सबै विद्यालयमा यस्तो प्रकारको अभ्यास नगरेको पाइरहेका छौँ । संस्थागत विद्यालयहरुमा शिक्षकमा लगानी गर्न, टिचर कलेज कार्यक्रमको माध्यमबाट खुला गरेका छौँ । उहाँहरुलाई तालिम दिनको लागि पहिला सामुदायिक विद्यालयको शिक्षकहरुलाई मात्र तालिम दिने गरेका थियौँ । भने अहिले संस्थागत विद्यालयहरुमा पनि नयाँ अभ्यासहरुको तालिम दिन थालेका छौँ । यस्तै, विषयगत कुरामा पनि शिक्षकहरुको क्षमता वृद्धि गर्नका लागि लगानी बढाएका छौँ ।

संस्थागत विद्यालयमा लगानी गर्ने कुरा हुँदैन तर कतिपय पाटोमा सचेत गराउने काम चाहिँ गर्छौँ । प्रविधिमैत्री शिक्षा हाम्रो प्राथमिकता नै हो । प्रविधिको ज्ञान शिक्षकमा हुनैपर्‍यो र त्यसलाई सही तरिकाले प्रयोग पनि गर्नुपर्छ । यस्तो कुरा पनि सिकाउनैपर्छ ।

करिब दुई हजार जना शिक्षकलाई तालिम दिएका छौँ । टिचर कलेज कार्यक्रमबाट सबैलाई पहुँच दिएका छौँ । अनलाइन पनि तालिम दिएका छौँ । तालिम दिइसकेपछि शिक्षकहरुले एउटा रिपोर्ट बुझाउनुपर्छ । त्यो पनि इमेलको माध्यमबाट पठाउनुपर्छ । यसबाट सिकेको कुरा व्यवहारमा लागु गर्न सजिलो हुने देखियो ।

काठमाडौँ महानगरपालिकाले शिक्षाको क्षेत्रमा तीन अर्ब ४८ करोड ६४ हजार बजेट हो । त्यसमा संघबाट एक अर्ब ३२ करोड ९ लाख ६९ हजार पाएको छौँ । आन्तरिक चाहिँ दुई अर्ब १५ करोड ९२ लाख ९५ हजार आन्तरिक बजेट हो । यो बजेट चार वटा सेक्टरमा खर्च गरेका छौँ । प्लानिङ, डिजाइनिङ, कन्सटक्चरको पाटो समेटेका छौँ । अनुसन्धानका लागि चाहिने सामग्री, शिक्षकहरुमा क्षमता विकास गर्ने, इनोभेसन, म्यानेजमेन्टहरुमा लगानी गरेका छौँ । खाजामा तीन अर्ब ४८ करोड २ लाख ६४ हजार बजेटमा २३ करोड दिवा खाजामै खर्च हुने गर्छ ।

काठमाडौँ महानगरपालिकाका उत्कृष्ट नमुना विद्यालय भनेर छुट्याउने गरेको छैन । विश्व निकेतन नमुना विद्यालय हो तर हामीले छुट्यएका छैनौँ । हाम्रो मापडण्ड छ त्यसैअनुसार काम गरिरहेका छौँ । काठमाडौँ महानगरपालिकामा सामुदायिक विद्यालयभित्र पनि १० प्रतिशतभन्दा कम नतिजा ल्याउने अर्थात् ग्रेडिङमा बीभन्दा कम ल्याउने विद्यालयहरु १४ ओटा छन् । ९० प्रतिशत बी वा बीभन्दा माथि ल्याउने छन् । केही विद्यालयहरु संघर्ष गरिरहेका नतिजा कमजोर छ । त्यसमा हामीले काम गरिरहेका छौँ । वैशाखदेखि नै एस्ट्रा क्लासहरुको व्यवस्था गरेका छौँ । धेरै विद्यालयहरु छन् अहिले सुधार गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाका विगत तीन वर्षको नतिजा हेर्दा धेरैजसो विद्यालयहरुले सुधार गरिरहेका छन् ।

(काठमाडौँ महानगरपालिकाअन्तर्गतको सहरी योजना आयोगका सदस्य झासँग नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *