सात दिनसम्म शान्त रहेको गाजामा फेरि गोलाबारी

    सात दिनसम्म शान्त रहेको गाजामा फेरि गोलाबारी

    सात दिनसम्म शान्त रहेको गाजामा फेरि गोलाबारी सुरु भएको छ। आकाशबाट इजरायलले एयरस्ट्राइकका साथै सानासाना हतियारले पनि आक्रमण गरिरहेको छ।

    युद्धबिराम समाप्त भएपछि सुरु भएको युद्धमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले १४ जनाको मृत्यु भएको दाबी गरेको छ।

    हमास र इजलरायलका बीचमा भएको युद्धविराम शुक्रबार नै सकिएको हो। बिहीबार इजरायल र हमासको बीचमा भएको युद्धविरामको सातौं दिन थियो।
    युद्धबिराम सकिए लगत्तै इजरायलले गाजा लक्षित गर्दै एक रकेट प्रहार गरेको थियो। उक्त रकेटलाई खसाइएको उसले दाबी गरेको छ। योसँगै पुन: दुई पक्षीय युद्ध सुरु भएको छ।