पिएमएस के ले हुन्छ? पिएमएसहरूको उपचार ? महिनावारी हुनुपूर्वको लक्षणहरू

    पिएमएस के ले हुन्छ? पिएमएसहरूको उपचार ? महिनावारी हुनुपूर्वको लक्षणहरू

    महिनावारी हुनुपूर्वको लक्षण वा पिएमएस एउटा आम घटना हो। एउटा स्थानीय सर्वेक्षणले देखाए अनुसार प्रत्येक १० जना महिलाहरूमा ६ जना भन्दा बढीले महिनावारी हुनु भन्दा पहिला पिएमएसको निश्चित लक्षणहरू अनुभव गर्ने गर्छन् । तिनीहरू मध्ये करिब ३ देखि ८ जना महिलाहरूले आफ्नो लक्षणहरूलाई गम्भीर भएको सोच्ने गर्छन् ।

    पिएमएस के हो?
    पिएकएस महिनावारी हुनु भन्दा पहिला महिलामा आवधिक शारीरिक असुविधाको साथै मनोवैज्ञानिक र व्यवहारगत परिवर्नहरूसँग सम्बन्धित रहेको छ । पिएमएसको चरित्र एउटा महिनावारी हुनु भन्दा एक देखि दुई हप्ता पहिला हुने र महिनावारीको रगत बगेको केही समय पश्चात् प्राकृतिक रूपमा यो हराएर जानेबाट निर्धारण हुन्छ । गम्भीर मामिलाहरूमा यसले दैनिक कार्य, दैनिक जीवन र अन्तर व्यक्ति सम्बन्धमा बाधा पुर्याउन सक्छ जसले त्यसको बदलामा जीवनको गुणस्तरमा असर पार्छ ।

    पिएमएसको लक्षणहरू के हुन्?
    पिएमएससँग सम्बन्धित लक्षणहरू १५० वटा जति हुन सक्छन् अनि साझा लक्षणहरूलाई निम्न बमोजिम सूचीकृत गरिएको छ:

    शारीरिक लक्षणहरू:

    स्तन सुन्निने / कोमल हुने
    अङ्ग प्रत्यङ्गहरू सुनिने / फुलिने
    शरीरको तौल बढ्नु
    टाउको दुख्नु
    धपेडी हुने र प्रणालीगत कमजोरी
    मनोवैज्ञानिक र बानी व्यहोरागत परिवर्तनहरू:
    मनोभावमा अस्थिरता हुनु र झोक्कीनु
    एकाग्र हुनमा कठिनाइ
    बिर्सिने बानी
    आवेगशील भएर प्रतिक्रिया गर्नु / व्यवहार गर्नु
    निदाउनमा कठिनाइ, निन्द्रा नलाग्नु वा निन्द्रालु हुनु
    भोक र खानाको प्राथमिकतामा परिवर्तन (अति गुलियो वा उच्च बोसोयुक्त खाने कुराको लागि लोभ हुनु)
    जहाँ आवश्यक हुन्छ पूर्व महिनावारीको असुविधाको कष्ट भोगि रहेको महिलाले चिकित्सकको परामर्श लिनु पर्छ र उपयुक्त सहयोग लिनु पर्छ।

    पिएमएस के ले हुन्छ?

    रजोनिवृत्ति हुनु पूर्वका महिलाहरूमा पिएमएको असरहरू पर्न सक्ने हुन्छ अनि २५ देखि ४५ वर्ष उमेर पुगेका महिलाहरू खास गरेर आघात योग्य हुने गर्छन् ।
    एउटा पिएमएसको मामिलालाई निश्चित गर्नको लागि यो एक पटक हुने लक्षणहरू वा एकमात्र मेडिकल परामर्श माथि भर पर्दैन । पिएमएसको क्लिनिकल पहिचानको निष्कर्षमा पुग्नु भन्दा पहिला चिकित्सकले दैनिक लक्षणहरू र तिनीहरूको तीव्रता बारे लगातार तीन महिनासम्मको विस्तृत विवरण हेरे पछि पूरा चिकित्सा इतिहास र शरीर जाँचको आधारमा अन्य शारीरिक वा मनोवैज्ञानिक रोगहरूको सम्भाव्यतालाई घटाउन आवश्यक हुन्छ । पिएमएसको शङ्का भएमा उपयुक्त उपचार पाउनको लागि उपयुक्त जाँचबुझ र रोग पहिचानको लागि तपाईंले स्वास्थ्य पेसा कर्मीसँग परामर्श गर्नु पर्नेछ ।
    पिएमएस किन हुन्छ?
    शारीरिक कारक तत्त्वहरू:
    हर्मोनको असन्तुलन
    न्यूरो प्रसारक असन्तुलन

    मनोवैज्ञानिक र सामाजिक कारक तत्त्वहरू:

    दैनिक जीवनमा तनाउहरू व्यक्तिगत चरित्र जीवन प्रति को मनोभावहरू पिएमहरूमा सान्दर्भिक हुने गर्छन् ।
    मानसिक तनाउले अन्त स्त्राबी प्रतिक्रियाहरूमा असर पर्न सक्ने भएकोले मानसिक र मनोवैज्ञानिक कारक तत्त्वहरू पिएएसहरूको तिब्रतामा एक अर्काबीच सम्बन्धित हुन्छन् भन्ने कुरा अध्ययनहरूले देखाएको छ ।
    आधुनिक समाज र परिवारमा महिलाले खेल्ने विभिन्न भूमिकाहरूका साथै तिनीहरूले सहन गर्नुपर्ने दबाबले पनि पिएमएसमा योगदान दिने गर्छन् । कम तनाउ युक्त जीवन जिउने र विभिन्न भूमिकाहरू सजिलै र सन्तुष्टि पूर्वक पुरा गर्ने महिलाहरूले कम पटक र कम कडा खालको पिएमएसहरू अनुभव गर्ने गर्छन् । उ विपरीत भूमिकाहरूमा द्वन्द्वको कष्ट र त्यससँग सम्बन्धित रहेको असन्तुष्टिहरू भोग्ने महिलाहरू पिएमएसको लक्षणहरूमा सापेक्ष रूपमा धेरै पटक र तीव्रता हुने गर्छ ।

    पिएमएसहरूको उपचार कसरी गरिन्छ?

    पिएमएसहरूको उपचारले तीनवटा पक्षहरूलाई ओगटेको हुन्छ:

    जीवन शैलीमा परिवर्तन: पिएमएसको लक्षणहरूलाई घटाउनको लागि तपाईंले निम्न लिखित विधिहरूलाई प्रयास गर्न सक्नुहुन्छ।
    व्यायाम –विस्तारै दौडने, एरोबिक नृत्य, सिँढी चढ्नु र ताई ची; उपयुक्त एरोब्याटिक व्यायामहरूको साथै योग र हल्का शरीर तन्काउने जस्तो शरीर तन्काउने व्यायामहरूले रक्त सञ्चालनलाई वृद्धि गर्न मांशपेसीलाई आराम दिनमा र एउटा खुसी मन हुनमा मद्दत पुर्याउँछ यस प्रकारले पिएमएसको लक्षणहरूमा आराम दिन्छ।

    खाना –
    खान नहुने खानेकुराहरू खानुपर्ने खानकुराहरू
    क्याफेनयुक्त पेय पदार्थहरू वाईन र मदिराजन्य पेय पदार्थहरू अन्नको खाजा, गहुँको रोटी, ओटमील र मकै
    उच्च मात्रामा नुन भएको खाने कुराहरू: बट्टामा बन्द गरिएको खाने कुराहरू सिमीहरू: भटमास र अरू प्रकारको सिमीहरू
    प्रशोधित चिनीबाट बनेको खाने कुराहरू: आईसक्रीम र चकलेट तरकारीहरू: हरियो सागपात र गाजर
    उच्च रूपमा बोसोयुक्त खाने कुराहरू र उच्च रूपमा चिल्लो भएको दुग्ध उत्पादनहरू: बटर र चिज बियाँहरू र सुकाएको फलफूलहरू: काजु बदाम र खरबुजाको बियाँहरू
    औषधि उपचार: विशेष एक महिलाको लागि व्यक्तिगत रूपमा एकजना चिकित्सकले सिफारिस गरेको औषधिहरू।
    (हाल सबै लक्षणहरूमा आराम दिने एउटा मात्र औषधि उपलब्ध छैन)

    मनोवैज्ञानिक उपचार: तनावबाट आराम र आराम गर्ने तालिम समावेश हुन्छ।